काठमाडौँ । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले सबै स्थानीय तहमा उम्मेदवारी दर्ता गरेको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यालयद्वारा एक विज्ञप्ति जारी गरी सबै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको जानकारी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली काँग्रेसले ३४ जिल्लाका सबै स्थानीय तहमा आफ्नो उम्मेदवारी दर्ता गरेको छ ।’
पहिलो चरण अन्तर्गत हुन लागेको तीन प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाका चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र एकसय ८६ गाउँपालिकामा निर्वाचनमा भाग लिएको तथा केही गाउँपालिकाको प्रमुख र वडाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको समेत जनाएको छ ।
प्रतिक्रिया