देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इडीभी चिठ्ठाको नतिजा सार्वजनिक

देशान्तर

काठमाडौं । अमेरिकाले सन् २०१८ को इडीभी नतिजा सार्वजनिक गरेको छ । गत वर्ष खोलेको इडिभी चिट्टाको नतिजा मंगलबार राति पौने १० बजे सार्वजनिक भएको हो

अमेरिकी दूतावासका अनुसार, डिभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर हान्नु अनिवार्य मानिएको छ । दूतावासले डिभी परेको वा नपरेको भन्नेबारे इमेल अथवा अन्य माध्यमद्वारा जानकारी नदिने पनि प्रष्ट पारेको छ । उसले डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्ने प्रष्ट पारेको छ ।

नेपालमा सोमबारदेखि शुक्रबारसम्म (बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म) सो केन्द्रमा फोन नं १–८००–०९१–०११४ मार्फत सम्पर्क गर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । यस्तै अमेरिकामा रहनेहरूले (७०३) ९८८–३४२८ मा सम्पर्क गरी सोधपूछ गर्न सक्नेछन् । निवेदकहरुले [email protected] मा ईमेल गरेर पनि जानकारी लिन सक्ने दूतावासले जनाएको छ। अमेरिकी सरकारले गत वर्ष ४ अक्टोबरदेखि ७ नोभेम्बरसम्म डिभीका लागि आवेदन खुल्ला गरेको थियो ।

यसैबीच दूतावासले डिभी विजेताहरुलाई सफल भएको जानकारी गराएको भन्दै कुनै ईमेल नपठाउने स्मरण गरएको छ । ‘दूतावासले तपाईंहरुको भिसा अन्तर्वाताको लागि अग्रीम शुल्क बुझाउनुहुन भन्दै कुनै पनि व्यहोराको ईमेल, चिट्ठी या अन्य अनुरोध पठाउँदैन,’ दूतावासले भनेको छ ।