देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मध्यतराईमा तस्करी मौलाउदो

देशान्तर

दीपेन्द्र चौहान
वीरगंज । मध्यक्षेत्रको बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाबाट व्यापक तस्करीको ‘लाईन’ खोलिएको छ । पर्सा जिल्लाको भिखमपुर, सेढवा, भिस्वा, श्रीसिया, भकुवा, इनर्वा नाका अहिले तस्करहरूको लागि खुल्ला गरिएको छ । वीरगंजबाट हरिन्द्र पटेल साझा ट्रान्सपोर्ट, हरदेव यादव र रुन्चे मदनले महाशक्ति ट्रान्सपोर्टमार्फत कपडा काठमाण्डौ र पोखरा तस्करीका माध्यमबाट पठाउने गरेका छन् । धमेन्द्र र लखीचन्दले चल्ला तस्करी गरेर नेपालको पोल्ट्री व्यवसायलाई धरासायी बनाउदै लगेका छन् ्। वीरगंजबाट मुन्ना शम्भु प्रसाद, मुन्ना मियाँले पनि छुट्टै तस्करीको ‘लाईन’ चलाईरहेका छन् । भिस्वा र जानकीटोला नाकाबाट भारतीय छड, सिमेन्ट र मिठा भित्रिदैछ भने यताबाट काठ र गिटीको अवैध निकासी भइरहेको छ ।

अञ्चल प्रहरी कार्यालयका घुमुवा हवल्दार महम्मद हुसेन, हवलदार रामबाबु यादव, जिल्ला प्रहरी कार्यालय पर्साका घुमुवाहरु प्रहरी हवल्दार बिजय यादव, प्रहरी हवल्दार सत्यनारायण मिश्रा, प्रहरी जवान नन्दन मण्डल र प्रहरी जवान राम कुमार गुप्ताले तस्करहरूसँग रकम असुलेर हाकिम कहाँ पुर्‍याउने गरेका छन् । टाइगर टोलीका इन्चार्ज असई तेजप्रताप सिंहले पनि असुली धन्दालाई तिव्र बनाएका छन् । बाराको मटिअर्वा, बरैनिया, छतवा, कचोर्वा र मुसहरवा नाका तस्करीका लागि खुल्ला गरिएको छ । तस्कर फुलेना साह, सोनालाल साह, छेना यादवलाई कपडाको, उपेन्द्र तुरहा, मुकेश साह तुरहालाई सुर्ती खैनी र रजनीगन्धा गुटखाको, मुन्ना कुशवाहालाई हार्डवेयर र बिनोद साह कलवारलाई इलेक्ट्रोनिक्स समान भित्राउन लाईन दिइएको छ ।
बाराको देउरहवा, बिसुनपुरवा, बतरा, नौतनमा अवैध रक्सीको भट्टी संचालन गरिएको छ । बिहारमा रक्सी प्रतिबन्धित भएकोले दैनिक हजारौ लिटर रक्सी भारततर्फ निकासी हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएका घुमुवा प्रहरी हवालदार नथुनी साह, प्रहरी जवान प्रमोद कंकर, प्रहरी जवान संदीप पासवान, प्रहरी जवान रमेश झाको टोली पैसा असुलेर बाराका एस।पी। नरेन्द्र उप्रेतीलाई दिने गरेको भएतापनि बारा प्रहरीमा व्यापक विवाद भएपछि घुमुवा चारै जनालाई निलम्बन गरिएको छ ।

केही दिन अगाडि तस्करहरूको सामान खोस्न गएका बाराका प्रहरीहरूले मटिअर्वा नाकामा तस्करहरूबाट रामधुलाई भेटेका थिए । कचोरवाबाट प्रहरीले ३ राउण्ड हवाई फायर गरि १० लाख बराबरको कपडा बरामद गरेको थियो । चार जना घुमुवा प्रहरीलाई निलम्बन गरेकै दिन प्रहरीले आफ्नो साख जोगाउन तस्करीको कपडा बरामद गरेको बताइएको छ । रौतहटबाट शम्भु साह, सुनिल साह, मनोज साह, सुरेश यादव, सुनिल जैसवाल, रामचन्द्र कन्दोई, भरत साह, कौशल साह, अवधकिशोर साह, नन्हाई साह, सुरेन्द्र साह, पवन साह, विजय कुसहवा, सन्जय यादव, शेख रहिस, बिगु साह, अमरजित सिंह, विवेक सिंह, मोतिम अंसारी र जयमंगल साहलाई गौरको मुख्य भन्सार नाका बंकुल नाका, औरइया नाका, रामपुर खापबाट कपडा, हार्डवेयर कुखुराको चल्लाको लाईन दिइएको छ ।

रौतहटमाससस्त्रका एसपी भगवान मल्ल गौर भन्सारका विओपी प्रमुख ससस्त्र प्रहरी निरक्षक अमर लामा, लक्ष्मीपुर बेलबिछवा विओपी प्रमुख ससस्त्र प्रहरी निरिक्षक विष्णु अधिकारी, औरइया विओपीका ससस्त्र प्रहरी निरिक्षक उमेश थापा, रामपुर खाप विओपीमा ससस्त्र प्रहरी निरिक्षक दिपेन्द्र गौली र बंकुल विओपीमा ससस्त्र प्रहरी निरिक्षक सन्जय अधिकारी नाका लाईन खुलाए वापत तस्करले दिएको महिनावारी भेटीबाट मालामाल भइरहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटमा घुमुवा प्रहरी हवलदार प्रमोद सिंह, अर्का प्रहरी हवलदार फिरोज मंसुर आलम, प्रहरी हवलदार श्यामसुन्दर साह र अर्का प्रहरी हवलदार जितेन्द्र महतो महिनावारी भेटी संकलनको जिम्मा पाएका छन् । उनीहरूले भेटी संकलन गरि मासिक रुपमा हाकिमलाई चढाउने गरेका छन् ।
सर्लाही जिल्लाको मुख्य भन्सार नाकाबाट मेथुर साह, गोपाल अग्रवाल, राज कुमार गुप्ता, मुख्तार मियाँ, रामबाबु यादव, श्यामबाबु साह, रामबाबु साहले कपडा, हार्डवेयर, सुर्ती, गुटखा रजनीगन्धा भित्र्याउने ‘लाईन’ पाएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले पैसा असुलीको लागि प्रहरी हवलदार सञ्जय पासवान र प्रहरी जवान जयमंगल रायलाई नगदनारयण संकलनका लागि खटाइएको छ ।

महोत्तरी जिल्लाबाट भारततर्फ व्यापक लागु औषध गाँजा निकासी भइरहेको छ । भोला साह, लक्ष्मी चौधरी, लक्ष्मण मण्डल गोपाल साह र हरी मण्डल मुख्य गाँजा तस्कर हुन् । सुनिल जयसवाल, राजा विशु दाजुभाई, अन्तोष, सोहन जालानले अवैध कपडा पैठारी भन्सारको मुख्य नाकाबाट नै गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीले तस्करहरुसँग महिनावारी असुल्न असई जोखन बैठालाई जिम्मा दिइएको छ । स्मरण रहोस् बैठाको दरबन्दी दोलखा रहेको छ उसको नेतृत्वमा प्रहरी जवान राजु पटेल, प्रहरी जवान नन्दन राज गिरीको टोलीलाई भेटी संकलनका लागि जिम्मा दिइएको छ । जनकपुरधामको मुख्य भन्सारबाट नै सेटिङ मिलाएर तस्करहरूले निर्वाध तस्करीको धन्धा चलाईरहेका छन् । जय कुमार यादव, शिव कुमार यादव, जय निधी, बिजय कर्ण, रञ्जित पहाडी, इश्माईल र रहमानले अवैध पैठारीको ‘लाईन’ पाएका छन् भने अञ्चल प्रहरी कार्यालय जनकपुरका असई रामरेख यादव प्रहरी जवान बैजु यादव, जिल्ला प्रहरी कार्यालय धनुषाको सई जयलाल यादव, असई किश्मत भण्डारी, प्रहरी हवलदार शिवशंकर ठाकुर, प्रहरी जवान छबीलाल साह, प्रहरी जवान राजेन्द्र राय, प्रहरी जवान चन्देश्वर यादवको घुमुवा टोलीहरु पैसा उठाउन रातोदिन खटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय चितवन भएर नै सबै तस्करीका समानहरु काठमाण्डौ र पोखरा जाने भएकोले चितवन प्रहरी प्रमुखले प्रहरी हवलदार रामप्रवेश यादवको नेतृत्वमा असई कमल परियारलाई खटाएको छ । प्रहरी जवानद्वय सुरेन्द्र कार्की बिनोद साह कलवार पनि सो असुली टोलीमा सामेल भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुखले पनि असुलीको लागि प्रहरी हवलदार बिरेन्द्र यादवको नेतृत्वमा प्रहरी हवलदार देवशरण पटेल र प्रहरी जवान सुरेन्द्र साहको टोली बनाएको छ । यो सम्पुर्ण घुमुवाहरूको निगरानी र असुलीको लागि मध्यक्षेत्रबाट प्रहरी निरिक्षक रामकाजी थापाको नेतृत्वमा प्र।ना।नी।सागर समशेर राणा प्र।स।नी। अच्छेलाल हजराको टोली बनाइएको छ ।