काठमाडौं । निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीले बालुवाटारस्थित सरकारी निवास छाड्ने तयारी गरेकी छन् ।
संसदमा महाअभियोग दर्ता भएको भोलिपल्ट सोमबार कार्की धापासीस्थित आफ्नो घरमा पुगेकी छन् । ‘एक दुई दिन लाग्न सक्छ, उहाँ सरकारी निवास छाड्ने तयारीमा हुनुहुन्छ’ कार्की निकट स्रोतले बतायो ।
प्रधानन्यायाधीश कार्कीविरुद्ध आइतबार कांग्रेस र माओवादीका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । यससँगै कार्की निलम्बनमा परेकी छन् ।
प्रतिक्रिया