देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले कार्यकर्ताद्धारा पार्टी कार्यालयमा तालाबन्दी तीन नं. प्रदेशको कार्यालय घेराउ

देशान्तर

सिन्धुपाल्चोक – नेकपा एमाले सिन्धुपाल्चोकमा प्रमुखको विषयलाई लिएर एमाले कार्यकर्ताले आफ्नै पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।
एमाले स्थायी कमिटीले मेलम्ची नगरपालिकाकोे प्रमुखमा डम्बर अर्याललाई उम्मेदवार बनाउने निर्णयसँगै एमाले कार्यकर्ताभित्रका असन्तुष्ट पक्षले क्षेत्रीय कार्यालय मेलम्चीमा तालाबन्दी गरेका हुन् ।

मेलम्ची नगरपालिका प्रमुख पदका लागि जिल्लाबाट धर्मकृष्ण श्रेष्ठ, डम्बर अर्याल, मित्रलाल चौलागार्इं, बालकृष्ण देउजालाई केन्द्रमा सिफारिस गरिएको थियो । तर एमाले स्थायी कमिटीले अर्याललाई उठाउने निर्णय गरेसँगै तालाबन्दी गरेको एमालेका एक नेताले जानकारी दिए ।

प्रमुखका लागि सबैको माग धर्मकृष्ण श्रेष्ठ भएको र पार्टीले जनभावना विपरीत निर्णय गरेको भन्दै एमाले कार्यकर्ताले आपत्ति जनाएका छन् ।
हरेक क्षेत्रमा पार्टीले एउटै व्यक्तिलाई मात्र सिफारिस गर्ने गरेको भन्दै करिब २०० जना कार्यकर्ताले क्षेत्रीय पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।

यसैबीच असन्तुष्ट श्रेष्ठको नेतृत्वमा आईतवार सिन्धुपाल्चोकबाट करीब २०० को हाराराहीका कार्यकर्ता ललितपुरको च्यासलमा रहेको तीन नम्बर प्रदेशको कार्यालयमा पुगेर घेराउ गरेका छन् । उनीहरुले पार्टीले जनभावना विपरीत गरेको निर्णय मान्य नहुने बताए ।