देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चितवनमा आगलागी हुदाँ दुई घर जलेर नष्ट

देशान्तर

चितवन । भरतपुर महानगरपालिका–२ स्थित आँपटारीमा आईतवारबिहान दुई घरमा आगलागी भएको छ ।

सो क्रममा सिलिन्डर पड्किँदा आगो निभाउन गएका स्थानीयवासी भरत गुरुङ घाइते भएकामा भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
बिहान करिब ५ बजे बुद्ध तामाङको घरको भान्छाबाट आगो सल्किएर छिमेकी वीरबहादुरको घरमा समेत आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आगलागीबाट रु एक लाखभन्दा बढीको क्षति भएको जनाइएको छ । प्रहरीले स्थानीयवासीको सहयोगमा आगो निभाएको छ । यसैबीच शनिबार साँझ भरतपुरको मुख्य चोक वीरेन्द्र क्याम्पस चोकमा हावाहुरीका कारण रूख ढल्दा तीन गाडी र दुई घरमा क्षति पुगेको छ ।

रूख ढल्दा ना ४२ प ६०८३ र ना ५ प १७२५ नंको मोटरसाइकल र ना १ ह २५१८ नंको अटो रिक्सा तथा नजिकै रहेको एउटा शृङ्गारिक सामानको पसल र खाजाघरमा समेत क्षति पुगेको प्रहरी उपरीक्षक दीपक थापाले बताए ।