देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘एमालेलाई सहमतिमा ल्याउन लचकता अपनाउने’

देशान्तर

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठकले प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई सहमतिमा ल्याएर संविधान संशोधन प्रस्ताव पारित गर्न अधिकतम पहल गर्ने निर्णय गरेको छ ।
पार्टी संसदीय दलको आइतबार बसेको बैठकले एमालेलाई समेत सहमतिमा लिएर संविधान संशोधन प्रस्ताव पास गराउन अधिकतम पहल गर्ने निर्णय गरेको साँसद रामहरी खतिवडाले जानकारी दिए ।

संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको एमालेलाई पनि सहमति ल्याएर संविधान संशोधन गर्न सबैभन्दा उत्तम विकल्प हुने निष्कर्षमा कांग्रेस पुगेको छ । सबै दललाई सहमतिमा लिएर संविधान संशोधन प्रस्ताव पारित गर्न अधिकतम पहल गर्ने निर्णय लिइएको पार्टी नेता एवम् रक्षा मन्त्री बालकृष्ण खाँडले जानकारी दिए ।

काँग्रेसले सबै दललाई निर्वाचनमा सहभागी गराउन सरकारले संविधान संशोधन प्रस्ताव ल्याएकाले त्यसलाई पारित गर्न एमालेलाई साथ दिन आग्रह गर्दै आएको छ ।