देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भक्तपुर एमालेद्वारा उम्मेदवारको घोषणा

देशान्तर

भक्तपुर । नेकपा एमालेले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मध्यपुर थिमि नगरपालिकाका लागि पार्टीको उम्मेदवार घोषणा गरेको छ ।

एमालेले मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा सुशीला सुवेदीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।

त्यसैगरी एमालेले सूर्यविनायक नगरपालिकाको उपप्रमुखमा जुना बस्नेत र भक्तपुर नगरपालिकाको प्रमुखमा रिता अवाललाई सर्वसम्मत रुपमा उम्मेदवारको घोषणा गरेको एमाले प्रचार विभाग प्रमुख श्यामसुन्दर बस्नेतले जानकारी दिए ।

यस्तै चाँगुनारायण नगरपालिकाको प्रमुखमा सोम मिश्र, हरिशरण लामिछाने, मोहनवीर श्रेष्ठ, रमेश बुढाथोकी, नवराज गेलाल र दामोदर दङ्गालको नाम एमाले– ३ नम्बर प्रदेश कमिटीमा सिफारिस भएको उउनले बताए ।

भक्तपुर नगरपालिकाको प्रमुखमा विष्णु अवाल, केपी चावल र श्रीकुमार रञ्जित तथा उपप्रमुखमा रिता अवालको नाम सर्वसम्मतले घोषणा भएको एमाले भक्तपुरले जनाएको छ ।