देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान संशोधनपछि मुलुकमा शान्ति र एकता–मन्त्री शर्मा

देशान्तर

पोखरा । ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनपछि मुलुक शान्ति र एकताको बाटोमा अघि बढ्ने बताए ।

नेकपा माओवादी केन्द्र पोखरा–लेखनाथ महानगर कमिटीले आज यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले संविधान संशोधनले असन्तुष्ट मधेसी र जनजातिका माग सम्बोधन भएपछि स्थानीय तहको निर्वाचन उत्सवमय हुने दाबी गरे ।

आसन्न स्थानीय तहको निर्वाचनले सिंहदरवारको अधिकार गाउँ र नगरमा पु¥याउने उल्लेख गर्दै मन्त्री शर्माले जनताको प्रत्यक्ष मताधिकारपछि झण्डै २२ प्रकारका असीमित अधिकार जनताको घरदैलोमै पुग्ने बताए ।

भ्रष्ट्राचारको अन्त्य गरेर देशमा उज्यालो नेपाल अभियान सुरुवात गरेको प्रसङ्ग कोट्याउँदै उनले प्रत्येक घरबाट एक लाख लगानी गर्ने हो भने १० हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने जानकारी गराए ।

वैदेशिक रोजगारीमा गएका युवाहरुको एक महीनाको तलब खर्च गर्ने हो भने पाँचवटा ठूला आयोजना बनाउन सकिने बताउँदै मन्त्री शर्माले योजनाबद्ध विकासको थालनी गर्न सक्यौ भने १५ वर्षमै देशलाई समृद्धिको उचाइमा पु¥याउन सकिने दाबी गरे ।

नेता देव गुरुङले संविधान संशोधनबाट सवै दलको सहमति जुटाउनुपर्ने आवश्यकता औँल्याए । उनले सवै स्वामित्व हुन नदिने षड्यन्त्रले राष्ट्र कमजोर बन्ने बताए।

कार्यक्रममा पार्टीका कास्की इन्चार्ज राजकाजी गुरुङ, महिला नेत्री गायत्री गुरुङ,पूर्व अध्यक्ष झलकपाणि तिवारी लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।

यसअघि पोखराको पृथ्वीचोकबाट सुरु भएको ¥यालीले नगरपरिक्रमापछि चिप्लेढुङ्गामा पुगेर सभामा परिणत भएको थियो ।