देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दक्षिण एसियाली ट्राइयाथलन च्याम्पियनसिप

देशान्तर

काठमाडौँ । पाँचौँ दक्षिण एसियाली ट्राइयाथलन च्याम्पियनसिप–२०१७ को सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल ट्राइयाथलन एसोसियसनले जनाएको छ ।

शनिबार पोखरामा आयोजना हुने एक दिने उक्त च्याम्पियनसिपमा नेपालसहित भारत र बङ्गलादेशका गरी कुल ६० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक सङ्घका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए ।

उनले च्याम्पियनसिपमा अफगानिस्तानले पनि सहभागिता जनाउने भनिएता पनि भिसा ढिलाइका कारण अफगानी खेलाडी समयमानै नेपाल आउन नसकेको बताए ।

च्याम्पियनसिपमा बाह्रौँ दक्षिण एसियाली खेलकुद ९साग० मा प्रथम स्थान हात पार्न सफल भारतीय खेलाडीलगायत नेपालबाट तेस्रो स्थान हात पार्न सफल रोजा केसी तथा टिम इभेन्ट्समा दोस्रो स्थान हात पारेका खेलाडीका सहभागिता रहेको छ ।