देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सडक दुर्घटनामा महिलाको मृत्यु

देशान्तर

काठमाडाँै । गएराति स्वयम्भू नजिक ठाडो भ¥याङमा भएको सडक दुर्घटनामा काठमाडौँ बस्दै आएकी गोरखाकी ३५ वर्षीया भगवती अर्यालको मृत्यु भएको छ ।

लु १ ख ९९९६ नंको ट्रकले स्वयम्भूबाट सीतापाइला आउने क्रममा बा ८२ प ३२२ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेकी अर्यालको घटनास्थलमा नै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रहरीका अनुसार दुबै सवारीसाधन चालकको नाम खुल्न सकेको छैन । स्कुटी चालकको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ भने ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनामा संलग्न दुवै साधन महानगरीय प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छ ।