देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चन्द्रागिरिमा करेन्ट लागेर दुईको मृत्यु

देशान्तर

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डास्थित बल्खु खोलाको पुल बनाउने स्थानको माटो परीक्षण गर्ने क्रममा करेन्ट लागेर विहिवार दुई जनाको मृत्यु भएको छ ।

माटो परीक्षण गर्ने यन्त्रद्वारा फलामको खम्बा गाडेर माथि उठाउने क्रममा खम्बाले विद्युतको तारमा छुँदा करेन्ट लागेर ढुङ्गेअड्डा बस्दै आएका मुगु नागरपुर–३ का नरजङ्ग शाही र नारायण राउतको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुको सहिद मेमोरियल अस्पताल कलङ्कीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते मन्चन शाहीको भने उपचार भइरहेको छ ।