देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वैशाख १५ देखि डिजिटल केबुल वितरण

देशान्तर

काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले एनालग प्रणालीमा सञ्चालित केबललाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न गृहकार्य भइरहेको जनाउँदै वैशाख १५ देखि केबल टेलिभिजन बन्द हुने जस्ता विज्ञापन तथा सूचना प्रसारण भएकामा खण्डन गरेको छ ।

सरकारले २०७१ मङ्सिर २१ गतेदेखि नै एनालग प्रविधिबाट सञ्चालित केबल नेटवर्कलाई इजाजत दिने कार्य बन्द गरिसकेको छ । यसअघि एनालग प्रविधिमा इजाजत प्राप्त केबल नेटवर्कलाई चरणबद्ध रुपमा डिजिटल प्रणालीमा रुपान्तरण गर्ने नीतिअनुरुप यही वैशाख १५ गतेसम्ममा काठमाडाँै, ललितपुर र लेखनाथ पोखरा महानगरपालिका तथा विराटनगर र वीरगन्ज उपमहानगरपालिका क्षेत्रमा सञ्चालित एनालग प्रविधिका केबल नेटवर्कले डिजिटल प्रविधिको स्थानीय प्रणालीमा रुपान्तरण गरिसक्नुपर्ने कानुनी व्यवस्थाअनुरुप ‘डिजिटल सिग्नल’ मात्र ग्राहकलाई वितरण गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

यी क्षेत्रमा एनालग प्रणालीको हेडइन्ड भएका एनालग केबललाई सिग्नल वितरण नगर्नसमेत सिग्नल वितरकलाई मन्त्रालयले आग्रह गरेको छ । साथै सो क्षेत्रका केबल टिभी उपभोक्ताहरूलाई पनि आआफ्नो केबल टेलिभिजन डिजिटल प्रविधिमा रुपान्तरण नभएको भए केवल नेटवर्क सञ्चालकलाई जानकारी गराई गुणस्तरीय डिजिटल सिग्नल प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।