देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान संशोधन पास हुन नदिने एमाले नेतृत्वको गठबन्धनको निर्णय

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितको विपक्षी गठबन्धनले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव पारित गर्न नदिने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारस्थित् एमाले संसदीय दलको कार्यालयमा बसेको विपक्षी ९ दलको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

यद्धपी गठबन्धनले यही संशोधन प्रस्तावमाथि अर्को संशोधन हाल्ने निर्णय समेत गरेको नेकपा मालेका महासचिव सीपी मैनालीले जानकारी दिए । तर संशोधन प्रस्तावको कुन कुन बुँदामा अर्को संशोधन हाल्ने भन्ने कुरा छलफल गरेरमात्रै टुँगोमा पुग्ने गठबन्धनले निर्णय गरेको छ ।

विपक्षी ९ गठबन्न्धनको बैठक भनिएपनि राष्ट्रिय जनमोर्चा, नेकपा माले, परिवार दल र नेमकिपा भन्दा अन्य पार्टीहरुको भने सहभागिता थिएन् ।