देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिरियामा भीषण विस्फोट

देशान्तर

बेरुत । सिरियाको राजधानी दमासकस नजिकै रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान सबेरै भीषण विस्फोट भएको बिशेष कारण नबताइ मानव अधिकार समूहले जानकारी दिएको छ ।

विस्फोटन भीषण भएको यसको आवाज दमासकसबाट नै सुनिएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । सिरियाको राजधानी दमासकसबाट २५ किलोमिटर दक्षिणपूर्वमा सो अन्तर्राष्ट्रिय विमानस्थल पर्दछ ।

युद्धग्रस्त यस देश सिरियाको सुचना स्रोतको रुपमा रहेको बेलायतसँगआवद्ध अब्जरभेटरी यस विस्फोटनको पुष्टि गर्दै यो विमानस्थल भित्रभने नभएको प्रष्ट पारेको छ । विस्फोटनको कारण भने प्रष्ट नभएको अब्जरभेटरीका प्रमुख अब्देल रहमान रामीले बताउनु भएको छ ।

सिरियाका सरकारको विरोध गर्दै सन् २०११ बाट सुरुको भएको द्वन्द्वमा परी सो समयदेखि हाल सम्म ३ लाख २० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । उक्त द्वन्Þद्वमा परी लाखौ व्यक्ति घाइते भएका छन् भने लाखौ देश भित्र र छिमेकी देशमा शरणार्थी जिवन विताउन बाध्य भएका छन् ।