देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मध्यपुर काँग्रेसद्वारा मोटरसाइकल र्‍याली प्रदर्शन

देशान्तर

भक्तपुर। स्थानीय तहको निर्वाचनमा मध्यपुर थिमि नगरपालिकाका सबै नागरिकलाई निर्वाचनमा सहभागीताका लागि आग्रह गर्न आज यहाँ मोटरसाइकल ¥याली आयोजना गरियो ।

स्थानीय लोकन्थलीका युवा समूहले आयोजना गरेको सो ¥याली लोकन्थलीबाट दिब्यश्वरी, सानोठिमी, धुन्चेपाखा, बोडे, नगदेश, बाखाहा बजार, मिलरोड, नगरपालिका सडक, दुई पोखरी, बालकुमारी, चपाचो, मध्यपुरथिमि शङ्खधर चोक, गठ्ठाघर, कौशल्टार हँुदै पुन ः लोकन्थली आएर समापन भएको थियो ।

¥यालीमा मध्यपुरथिमि नगरपालिकाका करिब १६ सय मोटरसाइकल तथा २००० भन्दा बढी काँग्रेसका युवा कार्यकर्ता सहभागी थिए ।

नेपाली काँग्रेस मध्यपुरथिमि नगरसमितिका पूर्व सभापति एवम् मध्यपुर थिमि नगरपालिकाका प्रमुखका दाबेदार अष्टकुमार कवेँले सो ¥यालीको शुभारम्भ गरेका थिए ।

निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै दल एवम् सरोकारवाला निकायले ध्यान दिनुपर्छ भन्दै दिंदै उनले यस नगरपालिकाको समग्र विकासका लागि नेपाली काँग्रेसले निर्वाचनमा विजय हासिल गर्नुपर्नेमा जोड दिए ।