देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसमा दोश्रो संविधानसभाका प्रत्यासी स्थानिय तहमा उमेदवार बन्न समस्या

देशान्तर

काठमाडौं । स्थानिय तहको निर्वाचनमा उमेदवार बन्नका लागि केन्द्रीय नेताहरुदेखि पूर्व साँसद, दुवै संविधानसभामा प्रत्यासी बनेको नेताहरुले दौडधुप सुरु गरेका छन् । तर नेपाली कांग्रेस केन्द्रीय समितिको एउटा निर्णय नसच्याए सम्म उनीहरु उमेदवार हुन नपाउने भएका छन् । नेपाली कांग्रेसको २०७० साल भदौ सात गतेको बसेको केन्द्रीय समितिको बैठकले दोश्रो संविधानसभाका प्रत्यासीलाई स्थानिय चुनाव तथा प्रदेशको चुनावमा उमेदवार बन्नका लागि बन्देज गर्ने निर्णय गरेको छ ।

कांग्रेसको यो तीन वर्ष पुरानो निर्णयका कारण दोस्रो संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीमा उम्मेद्वार बनेका व्यक्तिहरु स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न नपाउने भएका हुन्। उनीहरु कांग्रेसले निर्णय नसच्याएसम्म प्रदेशको चुनावमा पनि उमेवार बन्न पाउने छैनन् ।

कांग्रेस केन्द्रीय समितिको ०७० भदौ ७ गतेको केन्द्रीय समितिको निर्णयलाई तत्कालिन पार्टीका मुख्य सचिव चीनकाजी श्रेष्ठले भदौ ८ गते उक्त निर्णयसहितको परिपत्र सबै जिल्ला सभापतिहरुलाई गरेका थिए।

कांग्रेस केन्द्रीय समितिको यो निर्णय अनुसार दोश्रो संविधानसभामा प्रत्यासी बनेका व्यक्तीलाई स्थानिय तहको उमेदवारका लागि गरिएको सिफारिस समेत अवैधानिक हुने बताइएको छ । यो निर्णय उल्ट्याउनका लागि कांग्रेस केन्द्रीय समितिको बैठकले फेरि अर्को निर्ण गर्नुपर्ने छ ।