देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सडक दुर्घटनामा एकको मृत्यु, ६ घाइते

देशान्तर

धनुषा। जनकपुर–ढल्केवर सडक खण्डमा विपरीत दिशाबाट आउँदै गरेका बस र टाटा सुमो मंगलवार दिउँसो एकापसमा ठोक्किँदा एकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

जनकपुरस्थित मुजेलियमा भएको यो दुर्घटनामा एकजना गम्भीर रुपले घाइते भएका छन् ।

दिउँसो करिब अढाई बजेको समयमा ना २ ख ५२२६ नम्बरको जनकपुरबाट जाँदै गरेका यात्रुबाहक बस र ढल्केवर तर्फबाट आउँदै गरेको ना १५ च १७५० नम्बरको टाटासुमो ठोक्किएको हो । घटनामा टाटासुमोमा सवार ४० वर्षका एक पुरुषको ज्यान गएको छ । सुमोका चालकको अवस्था चिन्ताजनक छ । उनीहरुको नाम खुल्न सकेको छैन ।

घाइतेहरुलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । दुर्घटना ‘ओभरटेक’ गर्न खोज्दा भएको प्रत्यक्षदर्शीले बताएका छन् । बसका चालक तत्कालै फरार भएका थिए ।