देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले हरेक क्षेत्रमा सकारात्मक परिणाममुखी काम गरेको छ ः प्रधानमन्त्री

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले हरेक क्षेत्रमा सकारात्मक परिणाममुखी काम गरेको बताएक छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको आठौँ बैठकमा बोल्दै प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री दाहालले नेपाली जनतालाई स्वास्थ्यमा पहुँच पु¥याउन नयाँ आयामबाट काम अघि बढेको बताए ।

उनले भने, “स्वास्थ्य क्षेत्रमा धेरै नयाँ प्रयास भएको छ । स्वास्थ्यमन्त्रीको सक्रियताले स्वास्थ्य क्षेत्रमा केही नयाँ काम गर्न सकिएको हो । पछिल्लो समय स्वास्थ्य विज्ञान प्रतिष्ठानले गति लिन थालेका छन् । स्वास्थ्य मन्त्रालयसँग निरन्तर छलफल र समन्वय गरी प्रतिष्ठानका समस्या हल गर्नुपर्छ ।”

उनले प्रतिष्ठानका पदाधिकारीलाई रचनात्मक र जवाफदेही भएर अनुसन्धानका क्षेत्रमा पनि काम गर्न आग्रह गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने सङ्कल्पका लागि आग्रह गरे ।

सभामा बोल्दै स्वास्थ्यमन्त्री एवम् प्रतिष्ठानका सहकुलपति गगनकुमार थापाले स्वास्थ्य मन्त्रालयले नागरिकको स्वास्थ्य संवेदनशीलतालाई केन्द्रमा राखेर नीतिगत र व्यावहारिक काम गर्न लागिपरेको उल्लेख गरे ।

उनले प्रतिष्ठानले उठाएका विषयमा मन्त्रालयले छलफल गरी अघि बढ्ने बताए । “प्रतिष्ठानको केही नियमावलीमा संशोधन गर्नुपर्ने विषय उठेको छ । यसका लागि मन्त्रालयले समिति बनाएर तत्काल काम गर्नेछ ।” सभामा प्राज्ञिक, नीतिगत, प्रशासनिक र जनशक्ति व्यवस्थापनका विषयमा १४ वटा प्रस्ताव छलफल र निर्णयका लागि प्रस्तुत गरिएको थियो ।