देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकी तथा चिनियाँ राष्ट्रपतिबीच फोनवार्ता

देशान्तर

बेइजिङ्ग । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा चिनियाँ राष्ट्रपति सि जिनपिङ्गबीच शोमवार बिहान टेलिफोन वार्ता भएको छ ।
उक्त वार्तामा दुई देशका बीच रही आएको दौत्य सम्बन्ध र हालै उत्पन्न उत्तर कोरियाली समस्याको गम्भीर छलफल तथा बिश्लेषण गरिएको जनाइएको छ ।
केही हप्ता अघिदेखि उत्तर कोरियाले लगातार आफ्नो आणविक शक्ति र क्षेप्याश्त्र परीक्षण गरिरहेको र यसले कोरियाली प्रायद्वीप तथा जापान लगायतका राष्ट्रहरुमा चिन्ता पैदा भएकाले अमेरिकी तथा चिनियाँ राष्ट्रपतिले उक्त वार्तामा यसैलाई मुख्य बिषयबस्तु बताएको पनि ज्ञात भएको छ ।
चीनले सदैव संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको संकल्प प्रस्तावको सम्मान र कदर गर्ने प्रतिबद्धता ब्यक्त गर्दै राष्ट्रपति जिनपिङ्गले अमेरिकी राष्ट्रपतिलाई आश्वस्त पारे ।
कुनै पनि राष्ट्रले सुरक्षा परिषदको प्रस्तावको उल्लङ्घन वा अनादर गरेमा चीन त्यसको कडा विरोधमा उभिने पनि उनले वताएको छ ।
साथै, कोरियाली प्रायद्वीपमा शान्ति स्थापनार्थ चीन जस्तोसुकै सहयोग गर्न तत्पर रहेको पनि राष्ट्रपति जिनपिङ्गले बताए ।
त्यस्तै, उत्तर कोरियाको वर्तमान आणविक हातहतियार भण्डारण नष्ट गर्ने तथा उत्तर कोरियालाई निरश्त्रीकरण गर्ने सम्बन्धमा दुबै राष्ट्र मिलेर सहज र शान्तिपूर्ण मार्ग अबलम्बन गर्नु पर्ने पनि राष्ट्रपति जिनपिङ्गले बताएको छ ।
दुबै देशको साझा समस्या निराकरण गर्ने दिशामा सहकार्य गर्न चीन अग्रसर रहने र निर्वाह गर्नु पर्ने भूमिका चीनले समय मै पूरा गर्न कुनै कसर बाँकी नराख्ने पनि राष्ट्रपति जिन पिङ्गले बताएको जनाइएको छ ।