देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय सतर्कता केन्द्रमा नौ महिनामा ७७३ उजुरी

देशान्तर

 

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रमा नौ महिनाको अवधिमा सरकारी कार्यालयमा अनियमितता भएका ७७३ वटा उजुरी दर्ता भएको छ ।

दर्ता भएका उजुरीमध्ये ४८३ वटा उजुरी फछ्र्यौट गरिएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए । विसं २०७३ असारसम्म फछ्र्यौट हुन बाँकी रहेका ६२२ उजुरीमध्ये चैत मसान्तसम्म ४०३ को किनारा लगाइएको छ । नौ महिनाको अवधिमा कुल ८८६ उजुरी फछ्र्यौट भएको प्रवक्ता लामिछानेले बताए । “उजुरी परेकामध्ये छानबिनका क्रममा ६८५ को कुनै सत्यता पाइएन, यी उजुरीको छानबिनका क्रममा कुनै प्रमाण प्राप्त हुन सकेन”–उनले भने ।

केन्द्रमा परेका उजुरीलाई मन्त्रालयगत रुपमा विभाजन गर्दा शिक्षा मन्त्रालय र अन्तर्गतका निकायको सबैभन्दा बढी १८२ उजुरी परेका छन् । शिक्षा मन्त्रालयअन्तर्गत शिक्षक राहत कोटा, विद्यार्थी सङ्ख्याका आधारमा वितरण गरिने पाठ्यपुस्तक, खाजाको पैसामा अनियमितता हुने गरेको उजुरी पर्ने गरेको निगरानी तथा अनुगमन शाखा प्रमुख कमलप्रसाद अधिकारीले बताए ।