देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्मचारीको व्यवस्थापन नहुँदा भूकम्पपीडितलाई सास्ती

देशान्तर

काभ्रे । दोस्रो किस्ताका लागि सम्झौता भएर पनि भूकम्पपीडितले राहत रकम पाउन सकेका छैनन् । स्थानीय तहमा कर्माचारीको व्यवस्थापनको अभावकै कारण भूकम्पपीडितले रकम पाउन नसकेका हुन् ।

गत २०७३ फागुन २८ गते जिल्ला प्रशासन कार्यालयबाट दोस्रो किस्ताका लागि सम्झौता भए पनि अहिलेसम्म राहत रकम पाउन नसकेको गुनासो साविक रबिओपी गाविस हाल धुलिखेल नगरपालिकाकी स्थानीय कल्पना कोइरालाले वताए । “घर बनाउन त ऋण गरेर सुरु गरियो तर अहिले दोस्रो किस्ताबापतको रकम नपाउँदा ब्याज बुझाउन निकै गाह्रो भएको छ” –उनले भने।

कोइरालाले पहिलो किस्ता पाउनेबित्तिकै ऋण गरेर घर बनाउन सुरु गरेको थियो । अहिले दोस्रो किस्ताको रकम नपाउँदा उनी निकै समस्उामा छन् । उनले सरकारले ऋण उपलब्ध गराउने घोषणा नगरेको भए आफूहरुले आफ्नै किसिमबाट काम गर्ने आक्रोशसमेत पोखे ।

कोइरालाजस्तै त्यहाँका अन्य भूकम्पपीडित पनि दोस्रो किस्ता उपलब्ध नहुँदा निकै समस्यामा छन् । दोस्रो किस्ता नपाएकै कारण निर्माण सामग्री किन्न र ज्यामीलाई ज्याला उपलब्ध गराउन कठिन भएको स्थानीयवासी सुदीप कोइरालाले बताए । तत्काल राहत उपलब्ध भए घर बनाएर छाप्रोबाट घरमा सर्न पाउने उनको भनाइ छ । घरमा बस्न नपाउँदा हावाहुरी र झरीले समस्या पर्ने गरेको उनले गुँनासो गरे ।

सरकारले तत्काल रकम उपलब्ध गराउने भन्ने आश्वासन देखाए पनि हालसम्म उपलब्ध नभएको आक्रोश त्यहाँका स्थानीयवासीले पोखेका छन् । त्यहाँका कतिपय स्थानीयवासीले पहिलो किस्ताबाट आएको रकमले घडेरी खारे पनि रकमकै अभावका कारण काम सुरु गर्न सकेका छैनन् । सरकारले उपलब्ध गराउने भनेको रु तीन लाख रकम एकमुष्ट पाएको भए घर बनाउने स्थानीयवासी तारा पराजुलीले बताए ।

काभ्रेका विभिन्न नगरपालिका र गाउँपालिकामा कर्मचारीको व्यवस्थापन हुनेबित्तिकै राहत वितरणको काम सुरु गरिने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, काभ्रेका प्रमुख धु्रव गैँडाले बताए ।

दोस्रो किस्ताको लागि रकम जिल्लामा आइसकेको र कर्माचारीको व्यवस्थापन हुनेबित्तिकै पीडितलाई रकम उपलब्ध गराउने उनले वताए ।