देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डिआईजी नवराज सिलवाल पक्राउ, वयानका लागि हेडक्वाटर लगियो

देशान्तर

काठमाडौं । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । आफ्नो कार्यसम्पादन मूल्याकंन कीर्ते गरेको आरोप लागेका सिलवाललाई आज विहान १० बजे बरिष्ठ अधिवक्ता शम्भु थापाको बालुवाटारस्थि घरबाट प्रहरीले पक्राउ गरेको हो ।
उनलाई हाल वयानका लागि प्रहरी प्रधान कार्यालय लगिएको वताइएको छ । सरकारले प्रकाश आर्याललाई आइजिपी नियुक्त गरेपछि प्रहरी प्रमुखले डाकेको कुनै पनि बैठकमा नगएका सिलवाललाई प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको थियो ।

प्रहरी प्रधान कार्यालयले भने छानविन समितिले सिलवाललाई बयानका लागि ल्याएको बताएको छ ।

सिलमाथि कार्यसम्पादन मूल्याकंन किर्ते गरेको आरोप लागेको छ । यसबारेमा मन्त्रिपरिषद्को निर्देशन बमोजिम प्रहरीले छानविन गरिरहेको छ ।  छानविन समितिले बयानमा बोलाउँदा सिलवाल गएका थिएनन् ।

सिलवालले तत्कालिन अर्का डीआइजी प्रकाश अर्यालको कार्यसम्पादन मूल्याङ्कनको कागजात किर्तेगरी त्यसमा आफ्नो नाम राखेर अदालतलाई पेश गरेको पाइएको भन्दै सरकारले सरकारी कागजात किर्तेको मुद्दामा कारवाही गर्ने तयारी गरेको छ ।