देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काग्रेस दोलखाले दुई नगरसहित तिन गाउँपालिकाको उम्मेद्वार छान्यो

देशान्तर

दोलखा । नेपाली काँग्रेस दोलखाले दुई नगरपालिका सहित तिन गाउँपालिकाको मेयरको उम्मेद्वार सर्वसम्वत रुपमा प्रस्ताव पारित गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रले विवादका कारण उम्मेद्वार छनौट गर्न नसकिरहेको वेला वेला काग्रेसले भने सर्वसम्मत रुपमा नै आफ्नो उम्मेद्वारहरुको टुङ्गो लगाएको हो ।
नेपाली काग्रेस दोलखाले भीमेश्वर नगरपालिकाको मेयरमा तरुणदलका पूर्व केन्द्रिय सचिप समेत भईसकेका ईश्वर नारायण मानन्धरलाई उठाउने भएको छ । विद्यार्थी राजनिति देखी नै पार्टीमा सक्रिय मानन्धर नगरपालिकाको प्रभावशाली नेताको रुपमा चिनिन्छ । मानन्धरले मतदाताको मत आफ्नो पक्षमा पार्नको लागि घरदैलो अभियान शुरु गरिसकेका छन् ।
त्यसैगरी जिरी नगरपालिकाको लागि काँग्रेसले शोनाम शेर्पालाई मेयरको टिकट दिन सर्वसम्मतले पारित गरेको छ । नेपाली काग्रेसका पूर्व केन्द्रिय सदस्य समेत रहेका जिपछिरिङ लामाको जन्मथलो पनि जिरि नगरपालिका नै भएकाले त्यो क्षेत्र नेपाली काग्रेसको पकट क्षेत्र भनेर चिनिन्छ । लामो समय देखी काग्रेसको राजनितिमा सक्रिय शेर्पा त्यो क्षेत्रका परिचित व्यक्ति हुन । शेर्पा र जिरेल समुदायको नगरपालिका भीत्र ठुलो वस्ती रहेकाले पनि उनले राम्रै मत ल्याएर जित्ने आंकलन काग्रेसले गरेको छ ।
मेलुङ गाउँपालिकामा नेपाली काग्रेस दोलखाको प्रभावशाली युवा नेता बर्मा लामाको नाम सर्वसम्मत रुपमा प्रस्ताव गरिएको छ । विद्यार्थी राजनितिबाट राजनिति क्षेत्रमा लागेका लामा युवा शक्ति केन्द्रको रुपमा पनि चिनिन्छ । बर्मा लामा दोलखामा परिचित नाम हो । नेविसंघ दोलखाको पूर्व अध्यक्ष समेत भईसकेका तामाङ हाल काग्रेसको महासमिति सदस्य हुन । काग्रेसको गडको रुपमा चिनिने डाँडाखर्क, मेलुङ, पवर्टि घ्याँङसुकाठोकर र भेड्पु उसकै क्षेत्रमा पर्ने भएकाले पनि उनले राम्रै मत ल्याएर जित्ने काग्रेसले दावी गरेको छ ।
बैत्येश्वर गाउँपालिकामा पनि छविलामाले सिद्धै आफ्नो जित शुनिश्चत हुने भन्दै घरदैलो अभियान थालिसकेका छन् । नेपाली काग्रेस दोलखाको हालको क्षेत्रीय पार्टी सभापति समेत रहेका लामा लामो समय देखी काग्रेसको राजनितिमा सक्रिय छन् । उनलाई काग्रेस भित्र निडर नेतृत्वकर्ताको रुपमा चिनिन्छ ।
यता तामाकोशी गाउँपालिकामा लामो समय देखी नेपाली काग्रेसको राजनितिमा सक्रिय भवेन्द्र कार्कीको नाम मेयरका लागि सर्वसम्मतले पारित गरेको छ । राजनिति संगै र कृषी व्यवसाय पनि अंगालेका कार्की त्यो क्षेत्रका बलियो उम्मेद्वार उम्मेद्वार हुन । उनले पनि घर दैलो अभियान शुरु गरिसकेको युवा नेता नानिकाजि तामाङले देशान्तरलाई जानकारी दिए ।
नेपाली काग्रेस दोलखाले अव चार गाउँपालिकामा आफ्नो उम्मेद्वार छान्न वाकीँ रहेको काग्रेस दोलखाका सभाति रुद्रवहादुर खड्काले वताए । गौरिशंकर गाउँपालिका, विगु गाउँपालिका, कालिञ्चाक गाउँपलिका र शैलुङ गाउँपालिका गरी वाकीँ चार गाउपालिकामा पनि एक दुई दिनभित्र आफ्नो उम्मेद्वार टुङगो लगाई सक्ने सभापति खड्काले जानकारी दिए ।
उता एमालेले भने भीमेश्वर नगरपालिकामा नै १२ जना आकांक्षी भएपछि उम्मेद्वार छान्नै सकिरहेका छ्रैनन् । नेकपा माओवादी केन्द्रले भने यस बारे निर्णय गरेको छैन । राप्रपाले भने पत्रकार राजन शिवाकोटीको नाम अघिसारेको छ । पत्रकार महासंग दोलखाको पूर्व उपाध्यक्ष्य भईसकेका शिवाकोटी भीमेश्वर नगरपालिकाको मेयरको आकांक्षी हुन ।