देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोही आक्रमणबाट बाँचेका अर्जुनलाई सहयोग

देशान्तर

चितवन । गोहीको आक्रमणबाट बाँच्न सफल पश्चिम चितवनको जगतपुरस्थित घैलाघारीका १२ वर्षीय बालक अर्जुन हरिजनको उपचारका लागि रु साढे दुई लाखभन्दा बढी आर्थिक सङ्कलन भएको छ ।
राससबाट ‘गोहीले चपाएर पनि बाँचे अर्जुन’ शीर्षकमा समाचार बाहिर आएपछि उनको उपचारका लागि देश र विदेशमा बस्ने नेपालीबाट यसरी सहयोग प्राप्त भएको हो । अझै सहयोग आउने क्रम जारी रहेको उनको उपचारमा संलग्न विकास पाठकले जानकारी दिए ।

चितवनको राप्ती नदीमा पौडी खेल्ने क्रममा गोहीको आक्रमणमा परेका उनको उपचारका लागि पत्रकार रवि रोषीको पहलमा अमेरिकाको बाल्टिमोरमा बस्दै आउनुआएका तनहुँ निवासी ध्रुवराज गिरीले ५१ हजार १५ रुपैयाँ सहयोग गरेका छन् ।

यस्तै, चितवन सेवा समाज बहराइनबाट वेदराज पौडेल र प्रकाश लामिछानेको पहलमा रु ३५ हजार ५०० सहयोग प्राप्त भएको छ । वैदेशिक रोजगारको लागि दुवईमा रहनुभएका दिलीप विश्वकर्माको अगुवाइमा ५१ हजार रुपैयाँ सङ्कलन गरी परिवारलाई उपलब्ध गराइएको आमा फुलमायाले जानकारी दिए ।

uf]xLn] rkfPklg ch'{g afFr] Û ut r}t @% ut]] lrtjg lgs’~hsf] 5]j}df /x]sf] /fKtL gbLdf kf}8L v]Nb} ubf{ uf]xLsf] d’vdf k’u]kl5 km’lTsP/ afFRg ;kmn ePsf e/tk’/ dxfgu/–@# hutk’/ 3}nf3f/Lsf !@ jifL{o afns ch'{g xl/hg . clxn] pgL pkrf//t 5g . tl:a/ M gf/fo0f 9’+ufgf, /Tggu/-lrtjg_, /f;;

यस्तै, फेसबुक अभियान ‘हाम्रो जगतपुर’को पहलमा विभिन्न व्यक्तिबाट रु ३० हजार, हाम्रो पटिहानी राम्रो पटिहानीकोे पहलमा विभिन्न सहयोगीबाट पाँच हजार, एन जे सुवेदीबाट रु १० हजार, रामपुर क्याम्पस र टेक्नो म्यानेजमेन्टबाट दुई हजार २३५ रुपैयाँ सहयोग प्राप्त भएको सहयोग सङ्कलनका अभियन्ता विकास पाठकले जनाए ।

चेपाङको क्षेत्रमा कामगर्दै आएको लक्ष्मी प्रतिष्ठानले पाँच हजार, युथ भिजन इन्भेस्टमेन्ट कम्पनीले पाँच हजार, माला दाहालबाट पाँच हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । बाँकी रकम विभिन्न क्षेत्रबाट एक हजार, दुई हजारको दरले सहयोग आइरहेको छ ।

यस्तै, समाजसेवी पूर्ण रिजालको प्रयासमा उनीलगायत रत्ननगरका सूर्यनारायण श्रेष्ठ, केशव कर्माचार्य, कमलचन्द्र खनाल, नरेन्द्रराज पाठक र शिव चापागाईंबाट संयुक्त रुपमा पाँच हजार एकसय रुपैयाँ सहयोग गरेका छन् ।

गएको चैत २५ गते भरतपुर महानगर २३ जगतपुर घैलाघारीका बालक अर्जुनलाई साथीसँग पौडीखेल्ने क्रममा गोहीले आक्रमण गरेको थियो । गोहीको आक्रमणबाट गम्भीर घाइते भएका उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।