देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ला लिगा अन्तर्गत आज इएल क्लासिको

देशान्तर

काठमाडौ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति रियल मड्रिड र बार्सिलोनाबिच निकै महत्वपूर्ण खेल हुने भएको छ । यि दुई टिमबीचको खेललाई इएल क्लासिकोको रुपमा चिन्ने गरिएको छ । आइतबार राति साढे १२ बजे रियलको मैदानमा हुने इएल क्लासिको ला लिगा अन्तर्गत यो सिजनको अन्तिम खेल हो ।

ला लिगा अन्तर्गत यसअघिको खेलमा पाएको रातो कार्ड र त्यसपछिको व्यवहारका कारण लागेको थप प्रतिबन्धका कारण बार्सिलोनाका नेइमार इएल क्लासिकोमा खेल्न नपाउने भएका छन् । नेइमार बिना मैदानमा उत्रनु बर्सिलोनाका लागि कठिन हुनेछ ।

लिग लिडर रियल मड्रिड अहिले दोस्रो स्थानको बार्सिलोना भन्दा तीन अंकले अघि छ । आइतबार रातिको खेल जितेमा रियलले ६ अंकको अग्रता लिनेछ । तर बार्सिलोनाले जितेमा अंक बराबरी गर्ने छ । रियलको ३१ खेलबाट ७५ अंक भएको छ भने एक खेल बढी खेलेको बार्सिलोनाको ७२ अंक छ ।