देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तयार भयो कांग्रेसको घोषणापत्र, यस्ता छन् विशेषता

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह चुनावको लागि घोषणापत्र तयार पारेको छ । कांग्रेसको घोषणापत्र मस्यौदा समितिले घोषणा पत्र आज छापाईका लागि प्रेसमा पठाउने तयारी गरेको छ । मस्यौदा समितिका संयोजक महेश आचार्यका अनुसार घोषणा पत्रमा समृद्धिको नेतृत्व गर्ने कांग्रेसको मुल चुनावी नारामा आधारित भएर घोषणा पत्र तयार पारिएको जानकरी दिनुभएको छ । आचार्यका अनुसार घोषणापत्र तीन खण्डमा विभाजित छ । घोषणा पत्रको पहिलो खण्डमा राजनीतिक पृष्ठभूमि समेटिएको छ । जसमा नेपाली कांग्रेसका अग्रजहरुलाईश्रद्धाञ्जली दिदै उहाँहरूको योगदानको स्मरण गरिएको छ । यही खण्डमा स्थानीय निर्वाचनको महत्वका बारेमा स्पष्ट गरिएको छ । पहिलो खण्डमा नै स्थानीय स्वायत्त शासन र नेपाली कांग्रेसको भुमिकाका बारेमा उल्लेख छ ।

दोस्रो खण्डमा ऐतिहासिक विरासत र उपलब्धिको चर्चा गरिएको छ । जसमा नेपाली कांग्रेस : राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनको संवाहक भएको ऐतिहासिक पृष्ठभूमि समेटिएको छ । त्यसैगरि नेपाली कांग्रेस : सामाजिक परिवर्तनको प्रेरक शिर्षकमा सामाजिक परिवर्तनका लागि कांग्रेस नेतृत्वको सरकारका पालामा भएको प्रयत्नहरु समेटिएको छ । यहि खण्डको अर्को भागमा नेपाली कांग्रेस : लोकतान्त्रिक समाजवाद र आर्थिक विकासको अभियन्ता भएको बिषयलाई समेटेर स्पष्ट पारिएको छ ।

खण्ड तीनमा स्थानीय सरकार र हाम्रो संकल्प भन्दै स्थानिय सरकारमा कांग्रेसको परिकल्पना समेटिएको छ । स्थानिय सरकार विकासका माध्यमकाट आर्थिक समृद्धिको संकल्प गरिएको छ । त्यसैगरि सामाजिक प्रगतिको संकल्प पनि नेपाली कांग्रेसको घोषणा पत्रको यसै खण्ड गरिएको छ । तेस्रो खण्डमा पूर्वाधार विस्तारको संकल्प पनि गरिएको छ । स्थानीय सरकारका माध्यमबाट वन–वातावरण संरक्षणको संकल्प पनि कांग्रेसले घोषणा पत्रमा गरेको छ । त्यसैगरि सुशासनको प्रत्याभूतिको संकल्प पनि खण्ड तीनमा कांग्रेसले गरेको छ ।

कांग्रेसले घोषणापत्रमा जलस्रोत र पर्यटनको क्षेत्रमा गुणत्मक परिवर्तनवाट त्यहाँ रोजगारी सृजनावाट देशमा समृद्धिको आधार निर्माण गर्न सक्ने आधारहरु पेश गरेको छ । त्यो सँगै कृषि बिकासमा आधुनिक प्रविधीको प्रयोग गरि रोजगारीका अवसर भित्राउनेदेखि ठुलो संख्यामा युवाहरुको संलग्नतामा समृद्धिको आधार वनाउने परिकल्पना कांग्रेसले गरेको छ ।

यस्तै युवा उद्यम चुनौती कोषको स्थानीय तहमा निर्माण गरेर सीप भएका युवाहरूको आफ्नै लगानीमा युवा उद्यमी जन्माउने सोच कांग्रेसको छ । कोषको माध्यमवाट २५/२५ पचासको चाहि जुन अवधारणामा २५ प्रतिशत युवा लगानिकर्ताको रकम २५ प्रतिशतसरकारले प्रदान गर्ने अनुदानको रकम र पचास प्रतिशतको बाँकी रकम बैंकिङ वित्तिय क्षेत्रवाट प्राप्त हुने सहुलियत पुर्ण कर्जावाट त्यसलाई उपयोग गरेर युवाहरुको उद्योमशिलतालाई प्रर्बधन गर्ने अवधारणा अगाडि सारेको छ ।

त्यसैगरि जेष्ठ नागरिकलाई लक्षित गरि कांग्रेसले हरेक स्थानिय तहमा एउटा एकिकृत जेष्ठ नागरिकको सेवा आश्रम परिकल्पना गरेको छ । जहाँ जेष्ठ नागरिकहरूलाई हातमा पैसा पर्नेदेखि जेष्ठ नागरिकको एक्लोपनको समस्या निदान गर्ने परिकल्पना गरिएको छ । कांग्रेसले युवाहरु सिपयुक्त र दक्ष हुन भन्नका लागि स्थानीय तहमा माध्यमिक शिक्षा अनिवार्य रुपमा निशुल्क गराउने र गुणस्तरीय बनाउने उल्लेख गरेको छ हरेक स्थानियतहमा एउटा प्राविधिक शिक्षालय स्थापनाको परिकल्पना गर्दै शिक्षालाई रोजगारी सँग जोड्ने परिकल्पना गरिएको छ

। १२ कक्षा अध्ययन गरेका युवाहरुलाइ स्थानिय प्रशासन संयन्त्रमा ईन्ट्रनसिपमा सहभागी बनाएर दक्ष बनाउने परिकल्पना पनि घोषणापत्रमा गरिएको छ । दिलाएर १२ कक्षा सम्म परिक्षामा सामेल भएका तरुणहरु स्थानिय प्रशासनमा ईन्ट्रनसिप गर्न लगाउने परिकल्पना गरेको छ । गााउ तथा नगरक्षेत्रमा आवश्यक्तानुसार २५ देखी ५० शैयाको सुविधासम्पन्न अस्पताल बनाउने कांग्रेसको घोषणा पत्रमा उल्लेख छ ।