देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वेदमणि’ को ‘विचारका तरेलीहरु’ सार्वजनिक

देशान्तर

काठमाडौँ । साहित्यकार एवम् पूर्वप्रशासक गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले आफ्नो ६८ औँ जन्मोत्सवका अवसरमा ‘विचारका तरेलीहरु’ नामक निबन्ध सङ्ग्रह सार्वजनिक गरेको छ ।

घुम्ती कवि गोष्ठी नेपालले शनिवार साहित्यकार घिमिरेको निवास जोरपाटीमा आयोजना गरेको कार्यक्रममा सांसद रामेश्वर फुयालले सो निबन्ध सङ्ग्रहको विमोचन गरे ।

घिमिरे निजामती सेवामा रहँदा २०६० देखि २०६५ सालसम्म लेखिएका ४४ वटा निबन्ध दुई खण्डमा विभाजन गरी कृतिमा समावेश गरिएको छ ।

सो अवसरमा सांसद फुयालले साहित्यकार, पत्रकार लगायत सबै पेसा र व्यवसायमा संलग्न नेपाली आ–आफ्नो स्थानबाट लागे देशको रुपान्तरण हुनसक्ने बताए।

“भनसुन नचल्ने सिंहदरबार बनाउन सबै लाग्नुपर्छ, सिंहदरबारमा बस्नेले सिस्नु खान तयार हुनुपर्छ, राजनीतिले सबै क्षेत्रको नेतृत्व गर्दै रुपान्तरणमा अघि बढ्नुपर्छ, पाँच हजार वर्षअघि ऋषिमुनिले हिमालयको काखमा दिएको दर्शन सेवा हो”–उनले भने ।

ऋषिमुनिले दिएको दर्शन भावी पुस्तासम्म औषधिका रुपमा पु¥याउने दायित्व वर्तमान पुस्ताको भएको सांसद फुयालले बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार विजय चालिसे, साहित्यकार बाजुराम पौडेल, मुकुन्द शर्मा चालिसे, बुनु लामिछाने, शीतल गिरी, उर्मिला पन्त पाण्डे, डम्बर घिमिरे लगायतले साहित्य सिर्जनाको विविध पक्षमाथि प्रकाश पारे ।