देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु

देशान्तर

चितवन । चितवनको नारायणगढमा म्याजिक भ्यानको ठक्करबाट शनिवार मध्यान्ह एक किशोरीको मृत्यु भएको छ ।
चितवनको भरतपुरबाट नारायणगढको पुलचोकतर्फ जाँदै गरेको ना १ च ५४२२ नम्बरको म्याजिक भ्यानले सोही दिशातर्फ जाँदै गरेको ना ३६ प ५११२ नम्बरको स्कुटीलाई पछाडिबाट ठक्कर दिँदा स्कुटी चालक पश्चिम चितवनको पटिहानीकी– १९ वर्षीया वर्षा आचार्यको मृत्यु भएको हो ।

मध्यान्ह १२ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी आचार्यको उपचारका लागि चितवन मेडिकल कलेज पु¥याइएकोमा १२ः३० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । सो दुर्घटनापछि म्याजिक चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।