देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुक्तिनाथबाट छुटेको बस कागवेनीमा दुर्घटना, पाँच जनाको मृत्यु

देशान्तर

पोखरा – प्रसिद्ध तीर्थस्थल मुक्तिनाथबाट मुस्ताङको सदरमुकाम जोमसोम आउँदै गरेको ना ५ ख ६०६७ नम्बरको बस साढे १२ कागवेनीको उकालोमा पल्टिँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ । ज्यान गुमाउनेको परिचय खुलिसकेको छैन ।
म्याग्दी बस सञ्चालक समितिद्वारा सञ्चालित बसमा ३५ जना यात्रु रहेका र अघिकांश यात्रु घाइते भएका उद्दारमा खटिएको नेपाली सेनाको उच्च शिखर शिक्षालय जोमसोमका ज्ञानेन्द्र लौडारीले जानकारी दिए ।
घाइतेहरुको उपचारको लागि मुस्ताङ्ग जिल्ला अस्पताल जोमसोम ल्याइएको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाहरु अहिले घटनास्थलमा पुगी उद्दारको काममा खटिएका छन् ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।