देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अत्याधुनिक सुविधासहितका ५० ठुला बस काठमाडौंमा गुड्दै

देशान्तर

काठमाडौं । नेपाल सरकारले काठमाडौं र ललितपुर महानगरपालिका सहित २२ नगरपालिकाको संयुक्त सहकार्यमा ५० वटा ठूला अत्याधुनिक यात्रुवाहक बसहरु सञ्चालमा ल्याउने भएका छन् ।

नेपाल सरकारका तर्फबाट ५० करोड लगानी खर्च त्यसैगरी काठमाडौं र ललितपुर महानगरपालिकासहित २२ नगरपालिकाको संयुक्त शेयर लगानीमा १० करोड सञ्चालन खर्चमा बसहरु सञ्चालनमा ल्याईने जनाएको छ ।

काठमाडौं महानगरपालिकाका निर्देशक राज्यप्रकाश प्रधानाङ्गले अनुसार महानगरले ‘नगर यातायात सेवा लिमिटेड’ नाम कम्पनी रजिष्टारमा दर्ता गराएर बस सञ्चालनमा ल्याउन लागेको बताए ।

प्रधानांगले भने, “बस ल्याउने तयारी अन्तिम अवस्थामा पुगेको छ,” “प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा छलफल भइरहेको छ, स्वीकृत भएर आएपछि हामी कम्पनी दर्ता गराएर बस सञ्चालन गर्नेछौं ।”

प्रधानले काठमाडौँ उपत्यकामा यात्रीहरुको बढ्दो चापलाई मध्येनजर मा राख्दै थप बस सञ्चान गर्न लागेको उनले वताए । उपत्यकामा अहिले पनि ट्राफिक जाम छ, यसको निराकरणको लागि सडकका विभिन्न स्थानमा बस स्टपहरु थपगर्नुपर्ने बताउदै फुटपातलाई समेत व्यवस्थापन गर्न सके ट्राफीक जाम कम हुदै जाने उनले वताए ।

नगर यातायात आएपछि यसको रुट परमिट साथै ट्राफिक जाम हुन नदिन यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीसँग छलफल गरिने पनि उनले बताए । यात्रुवाहक बसहरु अपाङ्गमैत्री र बालमैत्री हुने उनलृ जानकारी दिए । साथै सरकारी सेवा भएकाले सञ्चालनमा कुनै विवाद नआउने पनि उनले बताए ।
“सरकारले तोकेको न्युनतम भाडादरमा यी बसले सेवा दिनेछन,” उनले थपे “नाफामा तीव्र प्रतिष्पर्धा नहुने भएकाले पनि यात्रुहरु भाडामा ठगिने डर हुँदैन ।”
बसमा ४० सीट क्षमता रहनेछ । जुन हाल माइक्रोको भन्दा तीन गुणा बढी हो । जसले गर्दा ट्राफिक जाम कम हुने बताइएको छ । यी बसहरु गैरनाफमूलक हुन् ।