देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कास्कीमा १५० मतदानस्थल, २८८ मतदान केन्द्र

देशान्तर

पोखरा । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी कास्कीमा १५० मतदानस्थल र २८८ मतदान केन्द्र कायम गरिएको छ ।

तेत्तीस वडा भएको पोखरा–लेखनाथ महानगरपालिकामा २१०, ११ वडा भएको अन्नपूर्ण गाउँपालिका, ९ वडा भएको माछापुच्छ«े गाउँपालिका र १२ वडा भएको मादी गाउँपालिकामा २१÷२१ र सात वडा रहेको रुपा गाउँपालिकामा १५ मतदान केन्द्र कायम भएको क्षेत्रीय निर्वाचन अधिकारी गङ्गालाल सुवेदीले जानकारी दिए ।

निर्वाचन आयोगले प्रकाशित गरेको पछिल्लो विवरण अनुसार जिल्लामा दुई लाख २४ हजार ८११ मतदाता छन् । कुल मतदातामा पाँच जना तेस्रो लिङ्गी पनि समावेश छन् ।

कार्यालयले गत वर्षको पुस १० देखि माघ १५ गतेसम्म टोली खटाइ फोटोसहितको मतदाता नामावली सङ्कलन गरेको थियो । जसबाट चार हजार ३८५ नयाँ मतदाता थपिएका थिए ।

महानगरपालिकामा एक लाख ६८ हजार ६७, अन्नपूर्णमा १५ हजार ५६९, माछापुच्छे«मा १६ हजार ३०१, मादीमा १३ हजार ५५९ र रुपामा १३ हजार ३१६ मतदाता छन् ।

दोस्रो संविधानसभाको निर्वाचनमा जिल्लाका एक लाख ९७ हजार ६६८ मतदाताले मतदान गरेका थिए । निर्वाचनबाट जिल्लामा कुल ३८१ जनप्रतिनिधि निर्वा्चित हुनेछन् ।

महानगरमा एक प्रमुख एक उपप्रमुख, चार गाउँपालिकामा चार अध्यक्ष÷चार उपाध्यक्ष,महानगर र गाउँपालिकामा ७२ वडाध्यक्ष, १४४ वडा सदस्य, ७२÷७२ महिला सदस्य र दलित महिला सदस्य निर्वा्चित हुनेछन् भने नगरसभा र गाउँसभाले ११ जना दलित र अल्पसङ्ख्यकबाट मनोनीत गर्ने प्रावधान रहेको छ ।