देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ख्रीस्टियन समुदायको सुरक्षा माग

देशान्तर

काठमाडौँ । राष्ट्रिय ख्रीस्टियन महासङ्घ नेपालले महासङ्घका कार्यालय सचिव सन्तोष खड्का माथि ललितपुरमा गोली प्रहार गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

यहाँ बुधवार आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष सिबी गहतराजले गोली प्रहारको घटनामा राज्य र प्रहरी प्रशासनले कुनै चासो नदिएको तथा मानवअधिकारवादी मुखमा बुझो राखी चुपचाप बसेका भनी असन्तुष्टि व्यक्त गर्दै सरकारले बेवास्ता गरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए ।

उनले मानवअधिकारवादीले अपराधी पत्ता लगाउन तथा कारबाहीको दायरामा ल्याउन दबाब नदिएमा आयोगको कार्यालयमा धर्ना दिइने पनि बताए ।

ललितपुर मानभवनस्थित महासङ्घको कार्यालयबाट घरतर्फ जाँदै गर्नुभएका खड्कामाथि यही वैशाख ३ गते साँझ अज्ञात समूहले गोली प्रहार गरेको थियो । उनको अवस्था गम्भीर रहेको महासङ्घले जनाएको छ ।

यही वैशाख ५ गते नेपाल क्याथोलिक सम्प्रदायको ललितपुरको धोबीघाट स्थित चर्च परिसरमा एउटा गाडी र दुई मोटरसाइकलमा आगो लगाई क्षति पु¥याइएको जानकारी पनि महासङ्घले दिएको छ । देशभरका मण्डली तथा ख्रीस्टियन र ख्रीस्टियन समुदायको सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग विज्ञप्तिमार्फत माग गरिएको छ ।