देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधानमन्त्रीको विश्वास

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि तथा वन विज्ञान विश्वविद्यालयले गुणात्मक तथा प्रभावकारी शिक्षा प्रदान गरी आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

विश्वविद्यालय सभाको विशेष बैठकको अध्यक्षता गर्दै कुलपति एवम् प्रधानमन्त्री प्रचण्डले मुलुकको आर्थिक विकासका लागि कृषि तथा वन क्षेत्रको महत्वलाई उजागर गर्नुपर्ने जोड दिए । उनले कृषि तथा वन क्षेत्रमा स्थापना हुने आङ्गिक क्याम्पसको स्थापना भएपश्चात् यस क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धान तथा प्रसारमा नेपाली नागरिकको पहुँच पुगी शैक्षिक क्षेत्रको पहुँच विस्तार हुने उल्लेख गरे ।

प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीचको विवादलाई छिट्टै अन्त्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । बैठकमा विश्वविद्यालयका सहकुलपति शिक्षामन्त्री धनीराम पौडेलले मुलुकका सात प्रदेशमा एक÷एकवटा कृषि क्याम्पस स्थापना गर्न कार्यअगाडि बढाइएको जानकारी दिए । उनले क्याम्पस स्थापनाका लागि नागरिक समाज र जनतासँग मिलेर जग्गा प्राप्तिको कार्यलाई आगडि बढाइएको बताए ।

विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढाकालले कृषि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक क्षेत्रलाई माथि उठाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । बैठकले कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन, २०६७ अन्तर्गत सिन्धुली जिल्लाको कपिलाकोट, महोत्तरीको बर्दिवास, धनकुटाको पाख्रिवास, गोरखाको च्याङ्ली, स्याङ्जाको चापाकोट, उदयपुरको कटारी र रोल्पाको माडिचौरमा कृषि विषयको अध्ययन, अध्यापन, अनुसन्धान तथा प्रसार गर्न कृषि विषयमा आङ्गिक कलेज स्थापना गर्ने निर्णय गरेको छ ।

त्यसैगरी कालीकोटको पदमघाट र गोरखाको घ्यालचोक कृषि विज्ञान केन्द्रसमेत स्थापना गरी गर्ने निर्णय समेत गरेको छ । बैठकले विश्वविद्यालयको शिक्षक, कर्मचारी सेवा नियमावली, २०६९ मा पाँचौँ संशोधन र आर्थिक प्रशासन नियमावली, २०६९ मा तेस्रो संशोधनसमेत गर्ने निर्णय गरेको छ ।