देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दलका घोषणापत्रमा वातावरणीय स्वच्छतालाई प्राथमिकतामा राख्न माग

देशान्तर

पोखरा। आसन्न स्थानीय तहको निर्वाचनमा पोखरा लेखनाथ महानगरपालिकामा वातावरणीय स्वच्छताकोे विषयलाई आ–आफ्ना दलका घोषणापत्रमा समेट्न सरोकारवालाले माग गरेका छन् ।

साइकल सिटी पोखरासहितका चारवटा संस्थाको प्रतिनिधिमण्डलले मंगलवार नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलको कार्यालयमा पुगेर वातावरण संरक्षणको विषयमा ध्यानाकर्षण गराएको हो । पोखराको सुन्दरतालाई कायम राख्न वातावरणीय संरक्षण आवश्यक रहेको भन्दै ध्यानाकर्षणपत्रमा पोखरालाई साइकल सिटीका रुपमा अघि बढाउनुपर्नेमा माग गरिएको छ ।

नेपाली काँग्रेस कास्कीको कार्यालयमा पार्टीका उपसभापति हरि आचार्यलाई ध्यानाकर्षणपत्र बुझाउँदै साइकल सिटी पोखराका अध्यक्ष प्रकाश बज्राचार्यले पोखराको सुन्दरता कायम गरी यहाँको वातावरणलाई बचाउनका लागि साइकल सिटीको अवधारणालाई प्राथमिकतामा राख्नुपर्ने बताए । कास्कीमा क्रियाशील सबै राजनीतिक दललाई वातावरण संरक्षणको विषयलाई आफ्ना घोषणापत्रमा समेट्नका लागि ध्यानाकर्षणपत्र बुझाइएको उनले बताए।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका उपसभापति हरि आचार्यले पोखराको सुन्दरता बचाउनका लागि वातावरण संरक्षण अपरिहार्य भएको बताउँदै उक्त विषय पार्टीको प्राथमिकतामा रहको धारणा व्यक्त गरे । उक्त टोलीमा साइकल सिटी पोखरासहित मिलेर हामी गर्न सक्छौँ, एनवाइसिए पोखरा, साइकल सिटी लेखनाथका प्रतिनिधिको सहभागिता थियो ।