देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कृत्रिम इन्धन अभावको मार खप्दै सर्वसाधारण

देशान्तर

पर्सा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन घोषणा गरेको ४८ घन्टा नबित्दै वीरगन्जमा पेट्रोलियम पदार्थको कृत्रिम अभावले सर्वसाधारणलाई हैरानी बढाएको छ ।

वीरगन्जमा रहेका पेट्रोल पम्पमा बिहानैदेखि “माफ गर्नुहोला पेट्रोल छैन” लेखिएको साइनबोर्ड झुन््याइएका कारण सर्वसाधारले हैरानी व्यहोर्नु परेको हो । नेपाल आयल निगम वीरगन्ज वितरण केन्द्रले वीरगन्ज नगरमा सञ्चालित पेट्रोल पम्पमा आइतबार मात्र १५ हजार लिटर पेट्रोल वितरण गरिएको जनाए पनि पम्पहरुले पेट्रोल छैनको साइनबोर्ड लगाई कृत्रिम अभाव सिर्जना गरेका हुन् ।
स्थानीय कमल विनायक फ्युल सेन्टर, श्री दुर्गा आयल्स, पशुपति अटोमोबाइल सेन्टर, शुभलाभ आयल स्टोर्स र अटोकेयर पेट्रोल पम्पलाई आइतबार तीन÷तीन हजार लिटरको दरले पेट्रोल उपलब्ध गराइएको निगमको वीरगन्ज वितरण केन्द्रका प्रमख उपेन्द्र नेपालले बताए ।

सुरेश आयल सेन्टर र केडिया अटोइन्टर प्राइजेजको पालो नपरेकाले ती दुबै पेट्रोल पम्पलाई आज तीन÷तीन हजार लिटरका दरले पेट्रोल उपलब्ध गराएको उनले वताए ।

नेपालको सीमावर्ती भारतीय सहर रक्सौल र बरौनी डिपोमा वीरगन्ज नाका हँुदै शनिबार मात्र रु ६ लाख आठ हजार लिटर पेट्रोल, २२ लाख ३८ हजार लिटर डिजेल र सात लाख ७७ हजार नौसय४० केजी एलपी ग्याँस नेपालका लागि आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

भारतमा आइतबार सार्वजनिक बिदा परेकाले रक्सौल तथा बरौनी डिप्पोबाट तेल ढुवानी हुननसकेको हो भन्दै वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले विगतको तुलनामा हाल भारतबाट पेट्रोलियम पर्दाथको आयात बढेको बताए ।