देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

८६ वर्षीय शेरचनको सगरमाथा आरोहण सुरु

देशान्तर

म्याग्दी । भुरुङ तातोपानीका ८६ वर्षीय हिमाल आरोही मीनबहादुर शेरचनले पुनः सगरमाथा आरोहण सुरु गरेका छन् । विसं २०६५ मा ७६ वर्षका उमेरमा सगरमाथाको आरोहण गर्नुभएका शेरचन पृथ्वीमाताको रक्षा, मानवताको कल्याण र विश्व शान्तिको कामना गर्दै आफ्नो गुमेको विश्व कीर्तिमानलाई कायम गराउन सगरमाथा आरोहणमा निस्केका हुन् । ज्येष्ठ नागरिकका तर्फबाट पहिलो पटक शिखर चुम्न सफल भई गिनिज बुक अफ वल्र्ड रेकर्डस् मा नाम लेखाउन सफल भए पनि पछि ८० वर्षीय जापानी युचिरो मिउराले सो कीर्तिमान तोडेपछि शेरचन पुनः सगरमाथा चढ्न लागेका हुन् ।

शेरचनले आठ हजार आठ सय ४८ मि अग्लो सगरमाथा आरोहण गर्न सफल भएमा पुनः ज्येष्ठ नागरिकमध्येबाट सगरमाथा आरोहण गर्ने कीर्तिमान कायम गराए । काठमाडौँबाट हेलिकप्टरमार्फत नाम्चे पुगेका शेर्पा र सहयोगीसहितको शेरचनको सगरमाथा आरोहण दलको सात सदस्यीय टोलीले आजदेखि पदयात्रा थालेको मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियानका संयोजक जितबहादुर घर्ती मगरले जानकारी दिए । उनका अनुसार करिब नौ दिनमा सगरमाथाको आधार शिविरमा पुग्ने गरी योजना बनाइएको छ ।

उनले आधार शिविरबाट समगरमाथा आरोहण सुरु गरेपछि मौसम अनुकूलतालाई ध्यानमा राखी सगरमाथाको शिखरमा पुगेर नेपाली झन्डा फहराए । शेरचनलाई यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली झण्डा हस्तान्तरण गरिसकेका थिए । स्वेच्छाले शिखर आरोहण गर्न लागेका शेरचनले भने– ‘म उमेरले बूढो भए पनि आँट बुढो भएको छैन, स्वास्थ्य अवस्था पनि राम्रो रहेकाले आरोहण सफल हुन्छ ।’

विसं २०७२ सगरमाथा आरोहण गर्न आधार शिविरतर्फ प्रस्थान गर्नुभएका शेरचन ‘गोरखा भूकम्पका कारण आधार शिविरबाट आरोहण स्थगन गरी फर्कन बाध्य हुनुभएको थियो । भूपू गोरखा सैनिक शेरचनले दुई सय दुई किमीको काठमाडौँ–पोखरा यात्रा चार दिन र एक हजार २८ किमिको मेची–महाकाली यात्रा २० दिनमा पैदलयात्रामार्फत पूरा गरे गरेका थिए ।