देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको प्रदेश नम्बर १ को चुनावी सभा आज झापामा

देशान्तर

झापा । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले देशभर आमसभा गर्ने निर्णय अनुसार आज प्रदेश नम्बर १ को आमसभा आज झापामा हुँदैछ । झापाको लखनपुरमा बनेकोे आदिवासी जनजाति रङ्गशालामा काँग्रेसले मंगलबार बृहत् आमसभाको तयारी गरेको हो । झापाको कमल गाउँपालिकामा पर्ने आदिवासी रंगशालामा गर्ने चुनाव लक्षित प्रादेशिक आमसभामा ६० हजारको जनसहभागिता जुटाउने जनाउ दिइएको छ ।

सोमबार प्रेस युनियन झापाले दमकमा गरेको पत्रकार सम्मेलनमा कांग्रेसले आमसभाको तयारीबारे जानकारी दिएको छ । सो आम सभालाई पार्टी सभापति शेरबहादुर देउवा, निर्वाचन परिचालन कमिटीका संयोजक तथा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला लगायतले सम्बोधन गर्ने जनाइएको छ ।

कांग्रेसले प्रदेश ७ मा कैलालीको धनगढीमा, प्रदेश नं. ५ को दाङ, तुलसीपुरमा र रूपन्देहीमामा आमसभा गरिसकेको छ । प्रदेश नं. ४ का कास्की, पोखरामा पनि आमसभा गरिसकेको छ । प्रदेश नम्बर २ को धनुषामा ३१ चैतका लागि तोकिए पनि आमसभा हुन सकेको छैन । प्रदेश ३ र ६ मा कहाँ र कहिले गर्ने भन्ने टुंगो कांग्रेसले अझै लगाउन सकेको छैन ।