देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्रुटि नै त्रुटि भएको पुस्तक पढाउन प्याब्सनको दबाब

देशान्तर

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले धेरै त्रुटि रहेको प्याब्सन साइन्स बुक पढाउन सदस्य विद्यालयहरुलाई दबाब दिएको छ ।

प्याब्सनका पदाधिकारीहरुले एसएमएस, भेटघाटमा आफैंले प्रकाशन गरेको प्याब्सन साइन्स बुक पढाउन दबाब दिएका हुन् । प्याब्सन साइन्स बुकमा धेरै त्रुटि पाइएपछि सदस्य विद्यालयले समेत पुस्तक पढाउन नचाहेपछि विभिन्न तरिकाले दबाब दिन थालिएको हो । कतिपय जिल्लामा जिल्ला समितिको दबाबमा जिल्लाका सदस्य विद्यालयलाई सो पुस्तक पढाउन सहमत गराइसकेका छन् ।

प्याब्सन सामाजिक संस्था भए पनि आर्थिक स्रोत जुटाउन उसले कक्षा १ देखि १० सम्मका लागि प्याब्सन साइन्स बुक प्रकाशन गरेको छ । सो पुस्तक पी पब्लिकेसन्सको नाममा प्रकाशित छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।