देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काभ्रेमा सयौँ युवाहरु विभिन्न पार्टी परित्याग काग्रेसमा प्रवेश

देशान्तर

काभ्रे । काभ्रेमा सयौँ युवाजमात नै विभिन्न पार्टी परित्याग गरि नेपाली काग्रेसमा प्रवेश गरेका छन् । विभिन्न पार्टी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका कार्यकर्ताहरू पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।

उनिहरुलाई नेपाली काग्रेस काभ्रेको आयोजनामा शनिवार भएको एक कार्यक्रमका विच नेपाली काग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले टिका लगाउदैँ प्रवेश गराएका हुन । चुनावी सभामा दुई सय भन्दा बढी नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको केन्द्रीय सदस्य धनराज गुरुङले जानकारी दिए ।

नव प्रवेशी कार्यकर्ताहरुले मुलकलाई अफ्ठ्यारो परेको वेला समस्याको समाधान गर्ने सवैको प्यारो पार्टी नेपाली काँग्रेस नै भएकाले काँग्रेसमा प्रवेश गरेको उनिहरु बताउछन् । देशमा राष्ट्रवादको गित गाएर, गरिव दिन दुखीको पार्टी हुँ भन्दै बस्ने र तर कामले माँखी नमार्नेहरुलाई तह लगाउने दिन आएको नव प्रवेशीहरुले बताएका छन् । काभ्रेमा नेपाली काग्रेसलाई नगर, गाउँ र वडा सवैमा जिताएर पठाउने दावी समेत उनिहरुले गरे ।
स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा विभिन्न दल परित्याग गरेर काभ्रेका युवाहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।