देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशान्तर साप्ताहिकसंगै रेडियो देशान्तर र ई–देशान्तर डटकम पनि

देशान्तर

काठमाडौँ । देशान्तर मिडिया प्रालिद्वारा सञ्चालित रेडियो देशान्तर र ई–देशान्तर डटकम अनलाइन न्यूजको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौैडेलले आइतवार शुभारम्भ गरे ।  देशान्तर साप्ताहिकको ३५औँ वार्षिकोत्सवका अवसरमा सो सेवाको सुभारम्भ गर्दै वरिष्ठ नेता पौडेलले सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउने र स्थानीय तहलाई स्वायत्त र जनतालाई अधिकार सम्पन्न बनाउनका लागि निर्वाचन आवश्यक रहेको बताए ।

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनलाई अघि बढाउन देशान्तर साप्ताहिकले महत्वपूर्ण योगदान रहेको बताए ।

देशान्तर मिडिया प्रालिका सल्लाहकार एवम् वरिष्ठ पत्रकार हरिहर विरहीको अध्यक्षतामा भएको सो कार्यक्रममाा काँग्रेस नेता प्रकाशमान सिंह र देशान्तर साप्ताहिकका प्रधान सम्पादक कवीर राणाले लोकतान्त्रिक आन्दोलनमा देशान्तर साप्तिाहिको खेलेको भूमिका उल्लेखनीय रहेको चर्चा गरे ।