देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति भण्डारी आजदेखि पाँचदिने भारत भ्रमणमा

देशान्तर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमणका लागि त्यसतर्फ जाँदैछिन् । नेपालको संविधान जारी भएपछि निर्वाचित हुनुभएका राष्ट्रपति भण्डारीको यो पहिलो राजकीय विदेश भ्रमण हो । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा राष्ट्रपति भण्डारी पाँचदिने राजकीय भ्रमणमा त्यसतर्फ जान लागेकी हुन् । राष्ट्रपति भण्डारी सोमबार बिहान ११ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिको भ्रमणमा सवारीमन्त्रीका रुपमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, सांसद, राष्ट्रपति कार्यालयका विज्ञ सल्लाहकार, परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारीलगायतको सहभागिता रहने पराराष्ट्र मन्त्रालयले जनाएको छ । आज राष्ट्रपति कार्यालयमा राष्ट्रपति भण्डारीको उपस्थितिमा भ्रमण दलका सदस्यलाई भ्रमणको औपचारिक जानकारी गराइएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमण निकट छिमेकी देश भारतबाट हुन लागेकाले यसलाई गौरवमय बनाइने विचार व्यक्त गरेकी छन् । उनले भ्रमणले नेपाल–भारतको सम्बन्ध नयाँ उचाइमा पु¥याउने गरी सबैले भ्रमणलाई सफल पार्न ध्यान दिनुपर्नेमा जोड दिएकी छन् । सो अवसरमा परराष्ट्रमन्त्री डा महतले राष्ट्रपतिको राजकीय भ्रमण देशको प्रतिष्ठासँग जोडिने भएकाले सबैले भ्रमण सफल पार्ने गरी प्रस्तुत हुने विश्वास दिलाए ।