देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति भण्डारीको भारत भ्रमण तय

देशान्तर

राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँचदिने राजकीय भ्रमणका लागि आगामी वैशाख ४ गते त्यसतर्फ जाने निश्चित भएको छ । भारतका राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारीको पहिलो भारत भ्रमण हुन लागेको हो ।

परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी सार्वजनिक गरेको कार्यतालिका अनुसार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीको शिष्टाचार भेट हुनेछ । राष्ट्रपति भण्डारी भारतमा हुने विभिन्न स्वागत समारोहमा पनि सहभागी हुनुुहुनेछ भने भ्रमणका क्रममा गुजरात र उडिसा राज्य पनि पुग्नुहुने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति भण्डारी वैशाख ९ गते स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।