देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उद्योग वाणिज्य महासंघमा बहुमतसहित शेखर गोल्छा प्यानल विजयी

देशान्तर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी भएका छन् । उनको प्यानल सुविधाजनक बहुमतसहित निर्वाचित भएको हो ।  वरिष्ठ उपाध्यक्षमा आफ्ना प्रतिद्वन्दी किशोर प्रधानलाई पराजित गर्दै गोल्छा बिजयी भएका हुन् । प्यानलसहित निर्वाचनमा होमिएका गोल्छाले वरिष्ठ उपाध्यक्षमा ६३ दशमलव ३० प्रतिशत मत प्राप्त गर्दै जित हात पारेका हुन्। उनका प्रतिस्पर्धी प्रधानले ३६ दशमलव ७० प्रतिशत मत पाएका छन्। कूल सदर मतको ५० प्रतिशत मत ल्याउनै पर्ने प्रावधान गरेको निर्वाचनमा गोल्छाले जिल्ला/नगरबाट ६१ मत प्राप्त गरेका छन्। यो कुल मतको २९ दशमलव ६१ प्रतिशत हो।

त्यसैगरी, वस्तुगतबाट ४७ मत र एसोसिएटबाट ५ सय ४ मत प्राप्त गरेका छन्। यो कुल मतको क्रमश ९ दशमलव ५९ प्रतिशत र २४ दशमलव १० प्रतिशत मत ल्याएका हुन्। त्यसैगरी, किशोरले वस्तुगतबाट ५१ मत प्राप्त गरेका छन्। यो कुल मतको १० दशमलव ४१ प्रतिशत हो। त्यसैगरी, जिल्ला÷नगरबाट ४२ मत प्राप्त गरेका छन्। यो कुल मतको २० दशमलव ३९ प्रतिशत र एसोसिएटबाट १ सय २३ मत प्राप्त गरेका छन्। यो कुल मतको ५ दशमलव ९ प्रतिशत प्राप्त गरेका छन्। गोल्छा प्यानलले वस्तुगतको उपाध्यक्ष सहित १२ जना कार्यसमिति सदस्य जितेको छ भने किशोर प्रधान समूहले ३ जना कार्यसमिति सदस्यमात्र जितेको छ। वस्तुगतको उपाध्यक्षमा गोल्छा प्यानलका उमेललाल श्रेष्ठले जितेका छन्।

उनले आफ्ना प्रतिस्पर्धी शंकर पाण्डे र अनुम मल्ललाई हराउँदै बिजय हात पारेका हुन्। जिल्ला÷नगरको उपाध्यक्षमा प्रधान प्यानलका प्रमोद श्रेष्ठले ५५ मत प्राप्त गर्दै जितेका छन्। उनका प्रतिस्पर्धी गोल्छा प्यानलका दिनेश श्रेष्ठले ४८ मत पाएका थिए। तर जिल्ला÷नगरको कार्यसमिति सदस्यमा १६ जना गोल्छा प्यानलबाट विजयी भएका छन्, भने दुई जना किशोर समूहबाट निर्वाचित भएका छन्। एसोसिएटका १९ सदस्यको लागि भएको निर्वाचनमा सबै सदस्य गोल्छा समर्थित सदस्यहरु नै बिजयी भएका छन् भने उपाध्यक्षमा यस अघि नै चन्द्रप्रसाद ढकाल सर्वसम्मत निर्वाचित भइसकेका थिए। कूल ६८ जनाको कार्यसमिति रहेको महासंघमा गोल्छा प्यानलको दुईतिहाई बहुमतमा रहेको छ। कार्यसमितिबाट निर्वाचित हुने कोषाध्यक्षमा पनि गोल्छा प्यानलबाट हुने निश्चित भएको छ। गोल्छा प्यानलले यसअघि नै ज्ञानेन्द्रलाल प्रधानलाई कोषाध्यक्षमा अगाडि सारेको थियो।