देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

 निगमको पुरानो बोइङ बिक्री गर्न ग्लोबल टेन्डर आह्वान

देशान्तर

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले पुरानो बोइङ बी सेभेन फाइभ सेभेन–दु हन्ड्रेड नाइन एन–एसिए जहाज बिक्री गर्नका लागि ‘ग्लोबल टेन्डर’ आह्वान गरेको छ । नियमित मर्मतसम्भारको खर्चले उडानमा लागत बढी हुने भएपछि निगमले बोइङ बिक्री गर्न लागेको हो ।

पुरानो जहाजले तेल बढी खाने र पटक पटक मर्मत गर्नुपर्ने भएकाले बिक्री गर्न लागिएको निगमले जनाएको छ । निगमका अनुसार निगमले झन्डै ३० वर्षअघि पहिलो पल्ट भित्र्याएका दुई ठूला बोइङमध्ये यो पहिलो जहाज हो । अर्को बोइङ नाइन एन–एसिबी भने अहिले नियमित सञ्चालनमा छ । निगम सञ्चालक समिति बैठकले बोइङ बिक्री गर्ने निर्णय गरी मूल्यसमेत निर्धारण गरेर टेन्डर आह्वान गरेको हो ।

उक्त जहाजको मूल्य न्यूनतम १७ लाख मिलियन अमेरिकी डलर निर्धारण गरिएको छ । नयाँ खरिद गर्दा करिब ४० लाख मिलियन डलर पर्ने बताइन्छ । अन्तर्राष्ट्रिय उडानका लागि निगमले अहिले एक बोइङ ७५७–२०० र दुई एयरबस ३२०–२०० सिरिजका न्यारो बडी जहाजमार्फत आठ गन्तव्यमा उडान भरिरहेको छ ।

निगमले केही दिनअघि दुई वाइडबडी ए३३०–२०० विमान खरिदका लागि अमेरिकी कम्पनी एएआरसँग सम्झौता गरेको थियो । आन्तरिक उडानमा दुई ट्विनेटर जहाजले २० भन्दा बढी गन्तव्यमा नियमित उडान भर्दै आएका छन् ।