देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्थानिय तह निर्वाचनमा चुनाव प्रचार गर्न उमेदवारलाई जम्मा ९ दिन

देशान्तर

काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवारले प्रचारप्रसारका लागि ९ दिन मात्रै पाउने भएका छन्। निर्वाचन आयोगबाट चुनाव चिह्न पाएपछि मौन अवधि सुरु हुनुअघिसम्म बीचका दिनमा मात्र प्रचार गर्न पाइनेछ। उम्मेदवारले वैशाख १९ गते चिह्न पाउनेछन् भने चुनावको ४८ घण्टापूर्व नै मौन अवधि सुरु हुनेछ।

मौन अवधिमा दल वा उम्मेदवारले प्रचारका लागि कुनै काम गर्न पाउने छैनन्। ‘२० देखि २८ गते राति १२ बजेसम्म मात्र उम्मेदवार र दलले प्रचारप्रसार गर्न पाउनेछन्’, आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘स्थानीय तहका लागि यो अवधि पर्याप्त हो।’ स्थानीय तह निर्वाचन ऐनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशापछि बढीमा १५ दिन प्रचारप्रसारका लागि पाइनेछ। अघिल्लो स्थानीय निर्वाचनमा बढीमा ७ दिनको समय दिइएको थियो।

वैशाख ३१ गतेको मतदानका लागि वैशाख १६ देखि निर्वाचन कार्यक्रम सुरु हुनेछ। वैशाख १६ माउम्मेदवारी मनोनयन, १७ गते उम्मेदवारीमाथि विरोध उजुरी, १८ गते उम्मेदवारको नामावली प्रकाशन र नाम फिर्ता लिने समय तोकिएको छ । १९ गते अन्तिम नामावली प्रकाशन र चिह्न प्रदान गर्ने कार्यतालिका छ। गाविस महासंघका अध्यक्ष घनश्याम खतिवडाले स्थानीय तहको क्षेत्रफल र संख्या बढेकालो ९ दिनको अवधि प्रचारका लागि कम भएको बताए। ‘एकदमै कम अवधि हो।

‘मधेसतिर सम्भव होला पहाडी जिल्लाका उम्मेदवारलाई सबैतिर पुग्न कठिन हुन्छ’, उनले भने, ‘उम्मेदवारले मतदातामाझ पुग्ने विकल्प रोज्नुपर्छ। घरदैलो त सम्भव हुन्न।’ यस्ता केही कठिनाइका बाबजुद २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचन सफल बनाएन सबै जुट्नुपर्ने उनले बताए। कान्तिपुर दैनिकमा समाचार छ ।