देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल प्रहरीको प्रमुखमा प्रकाश अर्याल

देशान्तर

काठमाडौं । सरकारले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमबार रातिको बैठकले उनलाई महानिरिक्षकमा बढुवा गर्ने निर्णय गरेलगतै दज्र्यानी चिह्न प्रदान गरिएको छ । त्यसलगत्तै अर्यालले पदभारसमेत ग्रहण गरेका छन् ।

गृहसचिव लोकदर्शन रेग्मीले राति नै मन्त्रालयका अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहितका उच्च अधिकारीहरूलाई बोलाएर अर्याललाई महानिरीक्षकको दज्र्यानी चिह्न लगाइदिएका थिए । त्यसपछि अर्याल राति नै प्रहरी प्रधान कार्यालय गएर पदबहाली गरेका थिए । उक्त अवसरमा प्रहरीका उच्च अधिकारीको पनि उपस्थिति थियो ।

यसअघि सरकारले गत फागुन १ मा डीआईजी जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्त गरेकामा तीन साताअघि सर्वोच्च अदालतले उक्त निर्णय उल्ट्याइदिएको थियो । सर्वोच्चले कार्यसम्पादन मूल्यांकन ख्याल नगरी मन्त्रिपरिषद्ले महानिरीक्षक नियुक्ति गर्नु विधिसम्मत नभएको भन्दै कार्यसम्पादनका आधारमा पुनस् नियुक्ति गर्न चैत ८ गते आदेश दिएको थियो ।

अर्याललाई नियुक्त गर्नुअघि गृह मन्त्रालयका उच्च अधिकारीसहितको टोली चार डीआईजीको कार्यसम्पादन मूल्यांकनसम्बन्धी फाइल हेर्न सर्वोच्च अदालत र लोक सेवा आयोग पुगेको थियो । कार्यसम्पादनको नम्बर हिसाब गरी वरिष्ठताको टुंगो लगाउन मन्त्रिपरिषद्ले महान्यायाधिवक्ताको संयोजकत्वमा गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, कानुन सचिव र निमित्त महानिरीक्षक रहेको पाँच सदस्यीय समिति बनाएको थियो ।

उक्त समितिले महानिरीक्षकको दौडमा रहेका चार डीआईजीको कार्यसम्पादन मूल्यांकनको नम्बरमाथि छलफल गरेर मन्त्रिपरिषद्मा निर्णयार्थ फाइल पेस गरेको थियो ।