देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उद्योग बाणिज्य महासंघको नेतृत्व चयनका लागि मतदान हुँदै

देशान्तर

काठमाडौं । सोमबारदेखि राजधानीमा सुरु भएको नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं वार्षिक साधारणसभामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । नयाँ विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएका कारण वरिष्ठ उपाध्यक्षसहित तलका पदमा निर्वाचन हुनेछ ।

महासंघको अध्यक्षमा भने बिधान अनुसार भवानी राणा स्वतः अध्यक्ष भएकी छन् । बरिष्ठ उपाध्यक्षका लागि शेखर गोल्छा र किशोर प्रधानको समूह प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन् ।

दुबै पक्षले आफूले जित्ने दावी गरेपनि गोल्छाको पक्षमा पल्लाभारी देखिएको छ । महासंघको आसन्न निर्वाचनमा ६४ पदका लागि ११२ जनाले उम्मेदवारी दिएका छन् । एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० सदस्यका लागि ११२ जनाको उम्मदेवारी दर्ता भएको छ ।