देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कम्युनिष्टहरु कन्फयुजमा हुन्छन र कन्फयूज्ड पार्छन् : वरिष्ठ नेता पौडेल

देशान्तर

ग्रामीण स्वालम्वन कार्यक्रमसँगै गाउँमा शिक्षा, स्वास्थ्य, सञ्चार, बाटो, पुल निर्माण जस्ता पूर्वाधारको काम नेपाली काँग्रेसले नै शुरु गरेको हो । राजनीतिक क्रान्तिको समाप्तीसँगै आर्थिक विकासको कामलाई अघि बढाउनुपर्दछ । प्राप्त परिवर्तनलाई टेकेर विकासको ढोका खोल्नुपर्दछ । गाउँबाट भागेको मनलाई गाउँमा वसौ वसौ भनेर म राजनीतिमा लागेको हो भनेर मैले पहिलोपटक निर्वाचन लड्दा भनेको थिए । अहिले देशबाट भागेको मनलाई देशमा नै वसौ वसौ बनाउनुपर्ने बेला आएको छ । कृषि क्रान्ति, पर्यटनको विस्तार र जलस्रोतसँगै आर्थिक विकास गरेर नयाँ नेपाल निर्माण गर्नुपर्दछ ।

सुशासनको माध्यमबाट भ्रष्टाचारको अन्त गरेर किसानलाई कृषि विमा र स्वास्थ्य बीमा गरेर जनताको सर्वोत्तम हितमा नेपाली काँग्रेस जस्तो पुरानो र प्रजातान्त्रिक पार्टीले काम गर्नुपर्दछ । नेपाली काँग्रेसले बनायो जनताको संविधान, स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसलाई मतदाननै आजको अवाश्यकता हो । अहिले मुलुक नयाँ अध्यायको शुरुवाती चरणमा छ । त्यो के भने अहिले हामी संविधान जारी गरेर त्यसको कार्यान्वयनको चरणमा छौ । तीनै तहको निर्वाचन गर्ने क्रममा अहिले हामी स्थानीय तहको निर्वाचनको चरणमा छौ । संविधान जारीपछि त्यसको कार्यान्वयनको चरण भएकोले यसलाई मैले नयाँ अध्यायको थालनी भनेको हो । त्यसैले पनि काँग्रेसले सात नम्वर प्रदेश अन्र्तगत सुन्दर सुदुर पश्चिमबाट शुरु गरेको यो अभियानको वेग्लै विशेषता र महत्व छ ।

अहिले हामी चुनावको तयारीमा छौ तर सबैलाई थाहा छ नेपाली काँग्रेसले विगतमा शान्ति र संविधानको नेतृत्व गरयो । अव यही पार्टीले देशको समृद्धिको अभियानको नेतृत्व पनि गर्छ । मैले यो किन पनि भनिरहेको छु भने रुसदेखि उत्तर कोरीयासम्म हेरौ कम्युनिष्टहरु केवल समस्या खडा गर्न मात्र सक्छन । समाधान दिन सक्दैनन तर प्रजातन्त्रवादीहरु समस्या होइन विकास र समाधान दिन सदैव सक्षम हुन्छन् । कम्युनिष्टहरु मीठा कुरा गर्छन तर जनतालाई भ्रममा पार्न भने सिपालु हुन्छन् । कम्युनिष्टहरु कन्फयुजमा हुन्छन र कन्फयूज्ड पार्छन् । दुनियामा लोकतन्त्रले समाधान दिन्छ, साम्यवादले होइन । नेपालमा आएको प्रजातान्त्रिक परिवर्तनलाई दरवारिया र कम्युनिष्टहरुले स्वीकार्न नसक्दा हामी सधै पछौटेपनको शिकार भएका हौ ।

मधेश र मधेशीलाई आक्रोशित गरेर अनि पर राखेर नेपालको राष्ट्रियता बलियो हुँदैन । मधेशको हित र चाहनालाई वेवास्ता गरेर नेपाली काँग्रेस अघि बढ्न सक्दैन । संघीयता, गणतन्त्र, लोकतन्त्र र समावेशीता जस्ता प्राप्त उपलब्धिलाई रक्षा गरेर हामी अघि बढ्नुपर्दछ । नागरिकता सजिलोसँग पाईयोस तथा जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित होस भन्ने चाहना उनीहरुको छ । मूलत ः प्राप्त उपलब्धीलाई रक्षा गरेर हामी संविधान कार्यान्वयनको चरणमा अघि बढ्नुपर्दछ ।

अर्को कुरा स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट वितरण गर्दा पार्टीभित्र निरन्तर योगदान गरेका, संगठन एवम जनतामा लोकप्रिय भएका र जितेर पनि भोलि जनताको हितमा काम गर्न सक्ने क्षमता भएकालाई उचित मूल्यांकन गरेर निष्पक्ष ढंगले दिनुपर्छ । पार्टी पद्धति र सहमतिको आधारमा चल्नुपर्छ । नेपाली काँग्रेसलाई कसैले पनि हराउन सक्दैन । पार्टीभित्र गुटवन्दी छैन भनेपनि गुटवन्दी छ । त्यसैले निष्ठा, पद्धति र मूल्यांकनका आधारमा निष्पक्ष तवरले टिकट दिन सकियो भने बागी उठ्ने प्रवृत्ति समेत रोकिन्छ । विगत चुनावमा बहुमत ल्याउने काँग्रेसलाई आफ्नै घात अन्र्तघातले ठूलो पार्टीमा मात्र सीमित गरेकोले अरुलाई प्रधानमन्त्री बनाउनुपर्ने अवस्था आएको हो ।

(नेपाली काँग्रेस स्थानीय निकाय परिचलान समितिका संयोजक एवम वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको प्रदेश नम्वर सातद्धारा कैलालीको अत्तरियामा शनिवार आयोजित चुनाव सभालाई सम्बोधन गर्दै व्यक्त विचार)