देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आगलागीबाट २० लाखको क्षति

देशान्तर

भद्रपुर,। भद्रपुर नगरपालिका अन्तर्गत किरात कलोनी नजिकै देवेन्द्र बस्नेतको चन्द्रा फर्निचर उद्योगमा आईतवार बिहान करिब २ः३० बजेको समयमा आगलागी हुँदा करिब रु २० लाखको फर्निचर तथा काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विद्युत् सर्ट भई सुरु भएको सो आगोलाई सशस्त्र प्रहरी, जनपद प्रहरी र भद्रपुर दमकलले बिहान ६ बजे निभाएका थिए । घरधनी घरमा नभएको बेलामा भएको आगलागीका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।